काठमाडौं । नेपाल आयल निगमले आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलको मूल्य बढाएको छ। निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर दुई रुपैयाँले बढाइएको छ।
त्यस्तै, डिजेल र मट्टितेलको मूल्य घटाइएको छ। डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर एक रुपैयाँले घटाइएको निगमले जनाएको छ।

