२०८३, आश्विन २० गते

images
  • समाचार
  • अवैध भेप बिक्री गरेको भन्दै सिल्क...

अवैध भेप बिक्री गरेको भन्दै सिल्क ग्रुप प्राली विरुद्ध १ अर्ब ७४ करोडको मुद्दा दायर

अवैध भेप बिक्री गरेको भन्दै सिल्क ग्रुप प्राली विरुद्ध १ अर्ब ७४ करोडको मुद्दा दायर

शनिवार, श्रावण ३१ २०८२१२:१५
शनिवार, श्रावण ३१ २०८२१२:१५
  • images

    काठमाडौँ । राजस्व अनुसन्धान विभागले अवैध भेप बिक्री गर्ने सिल्क ग्रुप प्राली विरुद्ध १ अर्ब ७४ करोड ६२ लाख रुपैयाँ मागदाबीसँगै मुद्दा दायर गरेको छ । विभागले ९ महिना लामो अनुसन्धान सकेर मुद्दा दायर गरेको हो ।

    विशेष सूचनाको आधारमा विभागले ललितपुर, महालक्ष्मी नगरपालिका, वडा नम्बर ४ शितलहाइटस्थित गोदामबाट भन्सार चोरी पैठारी गरी लुकाई छिपाई राखेको अवस्थामा विभागबाट खटिएको टोलीले मिति २०८१।०९।२२ मा ८६,४०० थान इलेक्ट्रिक सिगरेट ९भेप० हरु बरामद गरेको थियो ।

    २०८१।०९।२३ गते सिल्क ग्रुप प्रा।लि। ९स्थायी लेखा नम्बर ६०२४७०४६७० को कारोबार सम्बद्ध कागजात, खाताबही तथा कम्प्युटर डिभाइससमेतको विस्तृत अनुसन्धान गर्दा सिल्क ग्रुप प्रा।लि। उक्त प्रा।लि। अन्तर्गतका सात ९७० वटा प्रा.लिहरु भेटिएको थियो ।

    विभागले अनुसन्धान सकेर सिल्क ग्रुप प्रा।लि।का अध्यक्ष रमेश शेर्पासहित १० जनालाई अवैध भेप बिक्री गर्ने  मुख्य प्रतिवादी र महेश प्रसाद पाठकसहित २ जनालाई मतियार कायम गरी ललितपुर जिल्ला अदालत, लगनखेलमा मिति २०८२।०४।२९ मा अभियोगपत्र दायर गरेको हो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend