२०८३, आश्विन २० गते

images

भदौका लागि बैंकहरुले सार्वजनिक गरे नयाँ व्याजदरः प्रभुले बढाउँदा ७ बैंकले घटाए

भदौका लागि बैंकहरुले सार्वजनिक गरे नयाँ व्याजदरः प्रभुले बढाउँदा ७ बैंकले घटाए

आइतवार, भाद्र १ २०८२१०:२०
आइतवार, भाद्र १ २०८२१०:२०
  • images

    काठमाडौँ । भदौ महिनाका लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । साउनको तुलनामा वाणिज्य बैंकहरुको औसत ब्याजदर घटेको छ ।

    बैंकहरुले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर औषतमा ५.५८ प्रतिशत विन्दुमा झरेको छ । जबकि यस्तो ब्याजदर साउन महिनामा ५.६९ प्रतिशत विन्दु रहेको थियो ।

    ब्याजदर बढाउनेमा प्रभु बैङ्क रहेको छ । घटाउने बैंकहरुमा स्ट्याण्डर्ड चार्टर्ड बैङ्क,  लक्ष्मी सनराइज, एभरेष्ट, सानिमा, कुमारी, सिद्धार्थ, कृषि विकास र नेपाल एसबिआई बैङ्क रहेका छन् । अन्य बैंकहरुको ब्याजदर भने स्थिर रहेको छ ।

    भदौमा कृषि विकास बैंकले मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ५.२० प्रतिशत कायम गरेको छ भने संस्थागततर्फ २.८५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । एभरेष्ट बैंकले मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ५.७५ प्रतिशत दिँदा संस्थागततर्फ ४.७५ प्रतिशत ब्याजदर तोकेको छ ।

    कुमारी बैंकले मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ०.४० प्रतिशत घटाएर ५.२१ प्रतिशत ब्याजदर तोकेको छ । नेपाल एसबिआई बैंकले मुद्दती निक्षेपमा ०.१० प्रतिशत घटाएर व्यक्तिगततर्फ ५.२५ प्रतिशत र संस्थागततर्फ ४.२५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । 

    स्ट्याण्डर्ड चार्टर्ड बैंकले मुद्दती निक्षेपमा व्यक्तिगततर्फ १.१० प्रतिशत घटाएर ५.१३ प्रतिशत र संस्थागततर्फ ०.२५ प्रतिशत घटाएर २.७५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।

    सिद्धार्थ बैंकले मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ०.३० प्रतिशत घटाएर ५.५० प्रतिशत र संस्थागततर्फ ०.७५ प्रतिशत घटाएर ४ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।

    सानिमा बैंकले मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ०.४३ प्रतिशत घटाएर ५.७५ प्रतिशत र संस्थागततर्फ ०.२५ प्रतिशत घटाएर ३.७५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।

    नेपाल बैंक, लक्ष्मी सनराइज बैंक, ग्लोबल आइएमई बैंक, प्राइम बैंक, सिटिजन्स बैंक, प्रभु बैंक, माछापुच्छ्रे बैंक, एनएमबि बैंक, हिमालयन बैंक, नबिल बैंक, राष्ट्रिय वाणिज्य बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा (एनआईएमबि), एनआईसी एशिया बैंकले भने ब्याजदर स्थिर राखेका छन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend