२०८३, आश्विन १९ गते

images
  • उर्जा
  • विद्युत प्राधिकरणको सम्पत्ति ६ खर्ब ८४...

विद्युत प्राधिकरणको सम्पत्ति ६ खर्ब ८४ अर्बः आम्दानी १ खर्ब ३८ अर्ब, विद्युत ट्रिपमा १० प्रतिशत कमी ल्याउने लक्ष्य

विद्युत प्राधिकरणको सम्पत्ति ६ खर्ब ८४ अर्बः आम्दानी १ खर्ब ३८ अर्ब, विद्युत ट्रिपमा १० प्रतिशत कमी ल्याउने लक्ष्य

आइतवार, भाद्र १ २०८२०१:१४
आइतवार, भाद्र १ २०८२०१:१४
  • images

    काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले आर्थिक वर्ष २०८१/८२ मा कुल १ खर्ब ३८ अर्ब ८७ करोड रुपैयाँ आम्दानी गरेको छ । यस बिचमा प्राधिकरणको सञ्चालन खर्च, ब्याज लगायतका सम्पूर्ण खर्च १ खर्ब २९ अर्ब ८१ करोड रुपैयाँ पुगेको हो ।

    नेपाल विद्युत प्राधिकरणको ४०औं वार्षिकोत्सव समारोहमा बोल्दै कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले कार्य सम्पादन समिक्षामा अर्थिक वर्ष २०८१/८२ मा प्राधिकरणको कुल आम्दानी १ खर्ब ३८ अर्ब ८७ करोड रुपैयाँ रहेको बताए ।

    उनका अनुसार सञ्चालन खर्च, ब्याजखर्च लगायतका सम्पूर्ण खर्चहरु सहित आर्थिक वर्ष २०८१/८२ माप्राधिकरणको कुल खर्च १ खर्ब २९ अर्ब ८१ करोड रहेको थियो ।

    शाक्यका अनुसार, प्राधिकरणको कुल सम्पत्ति ६.२ प्रतिशतले वृद्धि भई ६ खर्ब ८४ अर्ब ९१ करोड रुपैयाँ पुगेको छ । नेपाल विद्युत प्राधिकरणले आर्थिक वर्ष २०८१/८२ मा देशभर ५९५ घण्टा विद्युत ट्रिप भएको जनाएको छ । आगामी वर्ष यो संख्या घटाउने लक्ष्यलिँदै प्राधिकरणले ट्रिपको मात्रा कम्तीमा १० प्रतिशतले घटाइने जनाएको छ ।

    उनले भने, ‘गत वर्ष २०८१/८२ मा देशभरीका ग्राहकहरुमा ५९५ घण्टा विद्युत ट्रिपभएको थियो । जुन यो वर्ष घट्ने क्रममा रहेको छ । घटिमा १० प्रतिशत जति ट्रिप कम गरी विश्वसनियता बढाईने छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend