२०८३, आश्विन २० गते

images

पोखरा महानगरपालिकाका न्यायिक समिति सदस्य र वडा सदस्यमाथि भ्रष्टाचार मुद्दा दायर

पोखरा महानगरपालिकाका न्यायिक समिति सदस्य र वडा सदस्यमाथि भ्रष्टाचार मुद्दा दायर

सोमवार, भाद्र २ २०८२०२:१६
सोमवार, भाद्र २ २०८२०२:१६
  • images

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा महानगरपालिकाका तत्कालीन न्यायिक समिति सदस्य भावना श्रेष्ठ र वडा नम्बर ९ का सदस्य रविन कुमार श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

    आयोगले सोमबार विशेष अदालत, काठमाडौँमा उनीहरूमाथि दुई लाख रुपैयाँ बिगो र जरिवाना माग गर्दै आरोपपत्र दायर गरेको जनाएको छ। अख्तियारका प्रवक्ता राजेन्द्र कुमार पौडेलका अनुसार, न्यायिक समिति सदस्य भावना श्रेष्ठलाई बाटोको निकाससम्बन्धी विवादमा निर्णय गर्दा आफ्नो पक्षमा पार्न निवेदक रविन कुमारले २ लाख रुपैयाँ घुस दिएको उजुरी परेको थियो।

    उजुरीको आधारमा अनुसन्धान गर्दा पोखरा २६ को बाटो निकाससम्बन्धी मुद्दामा रविन कुमारले न्यायिक समिति सदस्यलाई २ लाख रुपैयाँ घुस दिएको पुष्टि भएको अख्तियारको ठहर छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend