२०८३, आश्विन २० गते

images

मुकुललाई फेरि स्पष्टीकरण सोध्ने रास्वपाको निर्णय

मुकुललाई फेरि स्पष्टीकरण सोध्ने रास्वपाको निर्णय

बुधवार, भाद्र ५ २०८१०२:४९
बुधवार, भाद्र ५ २०८१०२:४९
  • images

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका निवर्तनमान महामन्त्री एवम् साधारण सदस्य मुकुल ढकाललाई पुनः स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।

    पार्टी मुख्यालयमा बुधबार बसेको केन्द्रीय समिति बैठकले ढकाललाई साधारण सदस्यबाट हटाउने उद्देश्यले दोस्रोपल्ट स्पष्टीकरण सोध्ने निर्णय गरेको हो । यसका लागि पार्टीको अनुशासन आयोगलाई निर्देशन दिइने एक सदस्यले बताए । 

    यसअघि केन्द्रीय समिति बैठकबाटै उनलाई बर्खास्त गर्ने रास्वपाको तयारी थियो । यसका लागि कार्यबाहक महामन्त्री कविन्द्र बुर्लाकोटीको हस्ताक्षरमा ढकाललाई २४ घण्टे स्पष्टीकरण सोधिएको थियो । यद्यपि, प्रक्रिया अपूरो हुने देखिएपछि केन्द्रीय समितिको सिफारिसमा अनुशासन आयोगबाट स्पष्टीकरण सोध्ने र केन्द्रीय समितिले अनुमोदन गर्ने गरी प्रक्रिया अघि बढाइएको ती सदस्यले बताए । 

    ३० साउनमा बसेको केन्द्रीय समिति बैठकले ढकाललाई साधारण सदस्यबाट किन नहटाउने भनी स्पष्टीकरण सोधेको थियो, जसमा २४ घण्टाभित्र जवाफ बुझाउन भनिएको थियो । २५ असारमा केन्द्रीय समिति बैठकले ढकाललाई महामन्त्री, कार्यवाहक प्रवक्ता र केन्द्रीय समिति सदस्यबाट बर्खास्त गरिसकेको छ । कारबाहीविरुद्ध ढकालले निर्वाचन आयोगमा निवेदन दिएका छन् । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend