२०८३, आश्विन १९ गते

images
  • समाचार
  • फरार अभियुक्त पक्राउ गर्न गृह मन्त्रालयले...

फरार अभियुक्त पक्राउ गर्न गृह मन्त्रालयले सक्रियता बढायो

फरार अभियुक्त पक्राउ गर्न गृह मन्त्रालयले सक्रियता बढायो

सोमवार, भाद्र २ २०८२०२:५६
सोमवार, भाद्र २ २०८२०२:५६
  • images
    काठमाडौँ । फरार अभियुक्त पक्राउ गर्न गृह मन्त्रालयले सक्रियता बढाउँदै लगेको छ । गृहमन्त्री रमेश लेखकले गृह मन्त्रालयको नेतृत्व सम्हालेपछि नीतिगत र कानुनी सुधारलाई प्राथमिकता दिँदै फैसला कार्यान्वयनलाई तीव्रता दिएका छन् ।
     
    मुलुकभरका अदालत र अर्धन्यायिक निकायबाट कैद तथा जरिवाना सजाय पाएर फरार रहेका अभियुक्तहरुलाई पक्राउ गर्न मन्त्री लेखकले प्रहरीलाई निर्देशन दिदैँ आएका छन् । सोही निर्देशनका कारण उहाँको कार्यकालको पहिलो वर्ष ९आर्थिक वर्ष २०८१/८२० मा हालसम्मकै बढी फरार अभियुक्त पक्राउ परेका छन् । गत आवमा गृह प्रशासनको सक्रियताका कारण २४ हजार ३८२ फरार अभियुक्त पक्राउ पक्राउ परेका  छन् । अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा देशभरबाट कुल १४ हजार ७६४ फरार अभियुक्त प्रहरीले पक्राउ गरेको थियो । आव २०८०र८१ को तुलनामा आव २०८१/८२ मा फरार अभियुक्त पक्राउ परेको ६५।०८ प्रतिशतले बढी हो ।
     
    त्यसैगरी, प्रहरीले आर्थिक वर्ष २०७९/८० मा ११ हजार ९०२  फरार अभियुक्त पक्राउ गरेको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले जानकारी दिए । गत आर्थिक वर्षमा अपराध अनुसन्धान र फैसला कार्यान्वयनमा गृहमन्त्रालय तथा मातहतका  निकाय सक्रिय रहँदा परिणाम राम्रो आएको उनले बताए ।
     
    गृहमन्त्री लेखकको कार्यकालको पहिलो वर्ष ९गत आर्थिक वर्ष २०८१/८२ मा काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीले सबैभन्दा बढी ६ हजार ३७५ फरार अभियुक्त पक्राउ गरेको तथ्याङ्क छ । त्यसैगरी, कोशी प्रदेश प्रहरीले तीन हजार ४८९, मधेस प्रदेश प्रहरीले पाँच हजार ७१२, बाग्मती प्रदेश प्रहरीले एक हजार ७०३, गण्डकी प्रदेश प्रहरीले एक हजार ४९१, लुम्बिनी प्रदेश प्रहरीले तीन हजार ९९६, कर्णाली प्रदेश प्रहरीले ५५६, सुदूरपश्चिम प्रदेश प्रहरीले ९२८ र केन्द्रीय अनुसन्धान ब्यूरोले १३२ फरार अभियुक्त पक्राउ गरेको प्रहरी नायब महानिरीक्षक घिमिरेले जानकारी दिए ।
     
    गत आर्थिक वर्षमा एक अर्ब, ५० करोडभन्दा बढी जरिवाना रकम समेत असुल उपर गरिएको छ । त्यसैगरी, जिल्लास्तरको फैसला कार्यान्वयनको विवरण अनुसार काठमाडौँ प्रहरी परिसर अग्रस्थानमा छ । जनघनत्व बढी भएको राजधानी काठमाडौँमा हरेक दिनजसो ठूला र साना ‘अप्रेसन’ जारी रहेको काठमाडौँ प्रहरी परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीले जानकारी दिनुभयो । काठमाडौँबाट मात्रै पाँच हजार ५८५ फरार अभियुक्तलाई पक्राउ गरी कानुनी दायरामा ल्याइएको उनले बताए ।
     
    जनशक्ति अभाव र सीमित स्रोतसाधनको अधिकतम प्रयोग गरी प्रहरीले फैसला कार्यान्वयनमा महत्वपूर्ण उपलब्धि हासिल गरेको छ । काठमाडौँ प्रहरी परिसरले गत आर्थिक वर्षमा देशभरमै सबैभन्दा बढी फरार अभियुक्त पक्राउ गर्न सफल भएको छ । एक वर्षको अवधिमा परिसरले काठमाडौँबाट पाँच हजार ५८५ फरार अभियुक्तलाई पक्राउ गरी कानुनी दायरामा ल्याउन सफल भएको प्रहरी वरिष्ठ उपरीक्षक अधिकारीले जानकारी दिए । 
     
    काठमाडौँ परिसरले आर्थिक वर्ष २०८०/८१ मा एक हजार ६७ फरार अभियुक्त पक्राउ गरेको थियो । गत आवमा उक्त सङ्ख्या पाँच हजार ५८५ पुगेको छ । फैसला कार्यान्वयनलाई परिसरले विशेष रणनीति बनाएर लागू गरिरहेको उनले जानकारी दिए । नेपाल प्रहरी सङ्गठनको वार्षिक कार्य सम्पादन सम्झौताअनुसार दण्डहीनताको अन्त्यका लागि फैसला कार्यन्वयनलाई उच्च प्राथमिकतामा राखिएको छ ।
     
    त्यस्तै, गृहमन्त्री लेखकको कार्यकालको पहिलो वर्ष सहकारीसम्बन्धी ८२ मुद्दा दर्ता भएका छन् । मुलुकभरबाट सहकारी मुद्दाका पुरुष र महिला गरी ४५ अभियुक्त पक्राउ परेको प्रहरीको तथ्याङ्क छ । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend