२०८३, आश्विन २० गते

images

बैंकहरुद्वारा ४६ खर्ब बढी कर्जा लगानी

बैंकहरुद्वारा ४६ खर्ब बढी कर्जा लगानी

सोमवार, भाद्र २ २०८२०३:५५
सोमवार, भाद्र २ २०८२०३:५५
  • images

    काठमाडौं । वाणिज्य बैंकहरूले गत आर्थिक वर्ष २०८१/८२ मा साढे ४६ खर्ब रुपैयाँभन्दा बढी कर्जा प्रवाह गरेका छन्। नेपालमा रहेका २० वटै वाणिज्य बैंकले सार्वजनिक गरेका वित्तीय विवरणअनुसार सो अवधिमा बैंकहरूले ४६ खर्ब ६६ अर्ब रुपैयाँ कर्जा लगानी गरेका हुन्।

    यस अवधिमा बैंकहरूले ७१ अर्ब ४२ करोड रुपैयाँ नाफा आर्जन गरेका छन्। कुल कर्जा लगानीको तुलनामा नाफाको औसत अनुपात १.५३ प्रतिशत रहेको विवरणमा उल्लेख छ।

    नाफा–कर्जाको अनुपातमा स्ट्यान्डर्ड चार्टर्ड अग्रस्थानमा

    समीक्षा वर्षमा कर्जा लगानीको तुलनामा नाफाको उच्च अनुपात स्ट्यान्डर्ड चार्टर्ड बैंकले कायम गरेको छ। बैंकले ७२ अर्ब ७१ करोड रुपैयाँ कर्जा प्रवाह गर्दा ३ अर्ब २ करोड रुपैयाँ नाफा कमाएको छ। यसअनुसार कर्जाको तुलनामा नाफा अनुपात ४.१७ प्रतिशत पुगेको छ।

    दोस्रोमा प्रभु बैंक रहेको छ। यसले २ खर्ब ३० अर्ब ३७ करोड रुपैयाँ कर्जा लगानी गर्दा ५ अर्ब ४४ करोड रुपैयाँ नाफा कमाएको छ। कर्जाको तुलनामा नाफा अनुपात २.३६ प्रतिशत छ।

    तेस्रोमा एभरेष्ट बैंक छ, जसले २ खर्ब १३ अर्ब ६२ करोड रुपैयाँ कर्जा प्रवाह गर्दा ४ अर्ब ९१ करोड रुपैयाँ नाफा आर्जन गरेको छ। यसबाहेक नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको कर्जाको तुलनामा नाफा अनुपात २.०७ प्रतिशत देखिएको छ।

    सर्वाधिक कर्जा लगानी गर्ने नबिल र ग्लोबल आइएमई

    नाफा अनुपातमा अगाडि नबढे पनि कर्जा लगानी र नाफा रकममा भने नबिल बैंक अग्रस्थानमा छ। नबिलले ४ खर्ब १२ अर्ब ७९ करोड रुपैयाँ कर्जा प्रवाह गर्दै ७ अर्ब १२ करोड रुपैयाँ नाफा आर्जन गरेको छ। बैंकको कर्जा–नाफा अनुपात १.७३ प्रतिशत रहेको छ।

    तेस्रो धेरै कर्जा लगानी गर्नेमा ग्लोबल आइएमई बैंक छ। यसले ४ खर्ब ११ अर्ब ७९ करोड रुपैयाँ कर्जा प्रवाह गर्दै ६ अर्ब २० करोड रुपैयाँ नाफा कमाएको छ। यसको पनि कर्जा–नाफा अनुपात १.७३ प्रतिशत नै रहेको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend