काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले राजनीतिक दल खोलेर नेपाल र नेपालीको सेवा गर्ने घोषणा गरेका छन्। दुई साताअघि डिल्लीबजार कारागारबाट रिहा भएका प्रसाईंले सोमबार पत्रकार सम्मेलन गर्दै राजनीतिक दल खोल्ने योजना सार्वजनिक गरेका हुन्।
प्रसाईंले भने, “म राजनीतिक चेत बोकेको सफल व्यवसायी हुँ। मेरा लागि अब मेरो परिवार र म भन्दा पनि नेपाल र नेपाली प्राथमिकतामा परेका छन्। राजनीतिले बिगारेको यो सुधारका लागि हामी बाध्य भएका छौं।”
उनले थपे, “म लगायत हाम्रो अभियान र अभियानका साथीहरूले राजनीतिक दल खोली त्यसमा संलग्न हुने अठोट गरेका छौं। त्यसकारण मैले राजनीतिक शक्ति निर्माणका लागि दल गठन गर्ने निश्चय गरेको छु।”

