काठमाडौँ । भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले लेखा परीक्षकका लागि दरखास्त आह्वान गरेको छ । पालिकाले बुधबार एक सूचना जारी गर्दै पालिकाभित्र सञ्चालित सामुदायिक विद्यालय तथा सिकाई केन्द्रका लागि अन्तिम लेखा परीक्षणा गराउन लेखापरीक्षक माग गरेको हो ।
सूचना अनुसार नगरपालिका अन्तरगत सञ्चालित सम्पूर्ण सामुदायिक विद्यालय एंव सामुदायिक सिकाई केन्द्रहरुको आर्थिक वर्ष २०८०/०८१ को अन्तिम लेखा परीक्षण गराउनका लागि लेखा परीक्षकहरुबाट आशय माग गर्ने सम्बन्धमा भदौ २ गते नगरपालिकाले निर्णय गरेको थियो ।
२ गतेको निर्णय अनुसार आगामी भदौ २० गतेसम्म सूचना अनुसार योग्य लेखा व्यवसायी फर्मले दरखास्त दिन सक्नेछन् ।
निवेदनका साथमा आइक्यानमा दर्ता भई आर्थिक वर्ष २०८०÷०८१ सम्मको लेखा व्यवसाय फर्म नवीकरण भएको, कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि, स्थायी लेखा नम्बर दर्ता प्रमाणपत्र, लेखा व्यवसायी फर्म दर्ता प्रमाणपत्र, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि पेश गर्नुपर्नेछ ।

