२०८३, श्रावण २५ गते

images
  • अटो
  • नाडा अटो शोलाई लक्षित गर्दै बैंकले...

नाडा अटो शोलाई लक्षित गर्दै बैंकले ल्याए नयाँ ब्याजदर, कुन बैंकबाट कर्जा लिँदा सस्तो ?

नाडा अटो शोलाई लक्षित गर्दै बैंकले ल्याए नयाँ ब्याजदर, कुन बैंकबाट कर्जा लिँदा सस्तो ?

images
बुधवार, भाद्र ४ २०८२१०:४९
बुधवार, भाद्र ४ २०८२१०:४९
  • काठमाडौँ । मंगलबारदेखि सुरू भएको ‘नाडा अटो शो २०२५’ लाई लक्षित गर्दै बैंक तथा वित्तीय संस्थाहरुले सस्तो ब्याजदरको अटो कर्जा योजना ल्याएका छन् ।

    अटो व्यवसायीले ल्याएको नयाँ नयाँ स्कीम तथा बैंकहरुले सार्वजनिक गरेको अटो लोनका कारण नाडा अटो शोमा नयाँ गाडी बुकिङ र खरिद गर्ने ग्राहकको भीड लागेको छ । दशैं, तिहार जस्ता चाडपर्व नजिएकाले पनि सवारी साधनको खरिद बिक्री बढ्छ । तिनै नयाँ सवारी किन्ने ग्राहकलाई आफूतिर तानी व्यवसाय विस्तार गर्न बैंकहरूले सस्तो ब्याजदरको कर्जा योजना ल्याएका हुन् ।

    हाल संचालनमा रहेका २० वटा वाणिज्य बैंक मध्ये नाडा अटो शोमा ८ वटाले सहभागिता जनाएका छन् । जसमा बैंकहरूले न्यूनतम ६.२३ प्रतिशतदेखि अधिकतम ८.२५ प्रतिशत ब्याजदरसम्मको अटो लोन योजना ल्याएका छन् ।

    बैंकहरूले स्थिर र परिवर्तनशील दुवै ब्याजदरमा कर्जा योजना ल्याएका छन् । त्यस्तै, केही बैंकले विद्युतीय सवारीलाई केन्द्रमा राख्दै आकर्षक स्कीम पनि ल्याएका छन् । नेपाल राष्ट्र बैंकको व्यवस्था अनुसार बैंकहरूले नयाँ सवारी खरिदका लागि ६० प्रतिशतसम्म कर्जा दिन पाउँछन् ।

    कुन बैंकको कति व्याजदर 

    बैंकहरुले निश्चित समयका लागि निश्चित दर र फ्लोटिङ दरमा गाडी कर्जा दिने जनाएका छन् । नबिल बैंकले आधारदरमा एक प्रतिशत प्रिमियम थपेर गाडी कर्जा दिने जनाएको छ । हाल बैंकको आधारदर ५.७४ प्रतिशत छ । बैंकबाट अटो कर्जा लिनेले ७ वर्षका लागि ६.७४ प्रतिशत ब्याजमा कर्जा पाउनेछन् । त्यसमा प्रशासनिक खर्च ०.५० प्रतिशत लाग्ने छ ।

    हिमालयन बैंकले सवारी कर्जा ८ वर्ष अवधिका लागि दिने भएको छ ।  बैंकले ७.५० प्रतिशत ब्याजदरमा सवारी कर्जा दिने जनाएको छ । त्यसमा ०.५० प्रतिशत प्रोशेस सुल्क लाग्ने छ । ग्लोबल आइएमई बैंकले ६.९९ प्रतिशतमा अटोलोन दिने जनाएको छ ।

    कृषि विकास बैंकले ६.२३ प्रतिशतमा ईभी लोन दिने जनाएको छ । बैंकले सेवा शुल्कमा ३३ प्रतिशतसम्म छुट दिने जनाएको छ ।

    नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले आकर्षक ब्याजदरमा सजिलैसँग गाडी खरिद गर्न सक्ने योजना ल्याएको जनाएको छ । बैंकले ६.२९ प्रतिशत ब्याजदरमा कर्जा दिने जनाएको छ । हाल बैंकको आधारदर ५.७९ प्रतिशतमा ०.५ प्रतिशत थप गरी ६.२९ प्रतिशतमा कर्जा दिने जनाएको छ ।

    लक्ष्मी सनराइज बैंकले आधारदरमा एक प्रतिशत प्रिमियम थपेर कर्जा दिने जनाएको छ । हाल बैंकको आधारदर ६.३५ प्रतिशत छ । त्यसमा १ प्रतिशत प्रिमियम थपेर ७.३५ प्रतिशत ब्याजमा अटो लोन दिने जनाएको छ । नाडामा गाडी बुक गर्नेले सेवा शुल्क ०.५० प्रतिशत तिर्दा पुग्छ । अन्य समयमा ०.७५ थियो ।

    यसको अवधि सात वर्ष रहेको छ । फिक्सडदरमा कर्जा लिँदा ७.९९ प्रतिशत ब्याज लाग्नेछ । यो अफर मंसिर १४ गतेसम्म कायम रहनेछ । ६० प्रतिशतसम्म फाइनान्सको सुविधा रहेको बैंकले जनाएको छ ।

    एनएमबि बैंकले सात वर्ष अवधिका लागि ८.८९ फिक्स्ड ब्याजदर र ७.१३ प्रतिशत फ्लोटिङ दरमा कर्जा दिने जनाएको छ ।

    सानिमा बैंकले ५ र ७ वर्ष अवधिका लागि फरक फरक ब्याजदर तोकेको छ । पाँच वर्षका लागि ७.९९ र सात वर्षमा ८.१५ प्रतिशत ब्याजदरमा गाडी कर्जा दिने जनाएको छ । सेवा शुल्क ०.५० प्रतिशत रहेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend