२०८३, आश्विन १९ गते

images
  • अटो
  • सिप्रदी ट्रेडिङले नाडा अटो शोमा गर्यो...

सिप्रदी ट्रेडिङले नाडा अटो शोमा गर्यो एक्प्रेस-टी ईभी फ्लिट पार्टनरलाई सम्मान

सिप्रदी ट्रेडिङले नाडा अटो शोमा गर्यो एक्प्रेस-टी ईभी फ्लिट पार्टनरलाई सम्मान

बिहिवार, भाद्र ५ २०८२०९:११
बिहिवार, भाद्र ५ २०८२०९:११
  • images

    काठमाडौँ । नेपालमा विद्युतीय सवारी साधन प्रयोगलाई नयाँ उचाइमा पु¥याउँदै आएको सिप्रदी ट्रेडिङ प्रालिले एक्प्रेस-टी ईभीका प्रमुख फ्लिट पार्टनरहरूलाई विशेष सम्मान प्रदान गरेको छ । 

    टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदीले यस वर्षको नाडा अटो शो २०२५ मा लोकप्रिय विद्युतीय ट्याक्सी मोडल एक्प्रेस–टी ईभीका प्रमुख फ्लिट पार्टनरलाई विशेष सम्मान प्रदान गरेको हो ।

    कार्यक्रममा तोयानाथ पोखरेल, जनार्दन फुयाल, बिजय श्रेष्ठ, राजु घिमिरे, कबिराज श्रेष्ठ र राजकुमार अरनलाई सम्मान गरिएको कम्पनीले जनाएको छ । उनीहरुको निरन्तर योगदान, यात्रु सेवामा विद्युतीय सवारीलाई लोकप्रिय बनाउन देखाएको मेहनत र साथका लागि सम्मान गरिएको जनाएको छ ।

    एक्प्रेस–टी ईभी विशेष रूपमा यात्रु सेवाका लागि डिजाइन गरिएको विद्युतीय मोडल हो । स्वरोजगारी प्रवद्र्धन साथै सञ्चालन खर्च निकै कम हुने र ईन्धनमा विदेशी निर्भरता घटाउन मद्दत गर्ने भएकाले यो सवारी अहिलेको आवश्यकताअनुसार उपयुक्त विकल्प मानिएको छ ।

    नाडा अटो शो २०२५ भदौ ३ गतेदेखि ८ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा हुँदैछ । टाटा मोटर्सका नयाँ मोडलहरू अवलोकन गर्न र सीमित अवधिका विशेष अफरहरूको लाभ उठाउन कम्पनीले आग्रह गरेको छ । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend