२०८३, श्रावण २५ गते

images

नाडा अटो शो को तेस्रो दिन, ७८ हजार ५ सय १३ जनाले गरे अवलोकन

नाडा अटो शो को तेस्रो दिन, ७८ हजार ५ सय १३ जनाले गरे अवलोकन

images
बिहिवार, भाद्र ५ २०८२०९:०९
बिहिवार, भाद्र ५ २०८२०९:०९
  • काठमाडौँ । १७औँ संस्करणको ‘नाडा अटो शो २०२५’ मा उत्साहजनक सहभागिता भइरहेको छ। तीन दिनमा अटो शो ७८ हजार ५ सय १३  जनाले अवलोकन गरेका छन्।

    प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेसँगै सुरू भएको अटो शोको पहिलो दिन गएको मंगलबार १९ हजार ७ सय ६ जनाले अवलोकन गरेकामा दोस्रो दिन बुधबार २८ हजार ९ सय ७८ जनाले अवलोकन गरेका थिए। आज बिहीबार २९ हजार ८ सय २९ जनाले अवलोकन गरे।

    काठमाडौंको भृकुटीमण्डपमा आउँदो आइतबारसम्म चल्ने अटो शोमा चल्ने अटो शोमा उड्ने कारदेखि पुराना भिन्टेज कारसम्म राखिएका छन्। 

    अटो शो भव्य बनाउन ऐतिहासिक गाडीदेखि रोबोट, उड्ने कार साथै एक दर्जन ऐतिहासिक गाडी ९भिन्टेज कार० राखेर भिन्टेज मोटर शो पनि भएको छ। अटो शोमा रोबोट, दिपलको उड्ने कारलगायत प्रविधि र फ्युचरिस्टिक मोबिलिटी अवलोकनकर्ताले देख्न पाउने छन्।

    नाडा अटो शोमा १२ वटा भिन्टेज गाडी प्रदर्शनमा राखिएका छन्। अटो शोमा १९ चारपांग्रे, १३ लाइट कमर्सियल र ५ दुइपांग्रे सवारी ब्रान्डले सहभागिता जनाएका छन्। त्यस्तै ३५ भन्दा बढी लुब्रिकेन्ट, टायर, स्पेयर पार्ट्स, ब्याट्री, बैंक तथा वित्तीय संस्थाको स्टल रहेको छ।

    स्वदेशी उत्पादन भएका सवारीसाधन तथा स्पेयर पार्ट्सको लागि छुट्टै ‘मेड इन नेपाल पभिलियन’को व्यवस्था गरिएको छ। त्यस्तै अटो शोमा सवारीसाधन प्रदर्शनीसँगै सेमिनार, कार्यशाला, अन्तरक्रियालगायत कार्यक्रमसमेत भइरहेका छन्।  

    नाडा अटो शोमा एक दर्जनभन्दा बढी नयाँ सवारीसाधन सार्वजनिक भएका छन्। जहाँ विद्युतीय सवारीसाधन पनि उल्लेख्य रुपमा छन्। 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend