२०८३, आश्विन २० गते

images

आन्दोलनमा उखु किसान

आन्दोलनमा उखु किसान

आइतवार, भाद्र ८ २०८२०३:२८
आइतवार, भाद्र ८ २०८२०३:२८
  • images

    काठमाडौं । आर्थिक वर्ष २०८१/८२ को उखुको भुक्तानी रकम माग गर्दै किसानहरूले आइतबार राजधानीमा प्रदर्शन गरेका छन् । गौशाला क्षेत्रदेखि माइतीघरसम्म प्रदर्शन गरेको किसानहरूले सरकारले तोकेको प्रतिक्वीन्टल ७० रुपैयाँको अनुदान भुक्तानी लागू गर्नुपर्ने माग राखेका छन् ।

    नेपाल उखु उत्पादक महासंघको नेतृत्वमा भएका प्रदर्शनमा किसानहरूले उखुको मूल्य प्रतिक्वीन्टल १ हजार रुपैयाँ पुर्‍याउनुपर्ने माग पनि अघि सारेका थिए । प्रदर्शनकारीहरूले ‘उखु किसानको अनुदान कटौती गर्न पाइँदैन’, ‘उखु कृषक शोषण बन्द गर’, ‘किसानसँग भएका सम्झौता लागू गर’ जस्ता नारा र प्लेकार्ड बोकेका थिए ।

    सरकारले हाल किसानलाई दिँदै आएको अनुदान रकम प्रतिक्विन्टल ७० रुपैयाँबाट घटाएर ३५ रुपैयाँमा झार्ने निर्णय गरेको छ । सो निर्णयको विरोधमा किसानहरूले काठमाडौं केन्द्रित आन्दोलन सुरु गरेका हुन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend