२०८३, आश्विन २० गते

images
  • बैंक बित्त
  • सेयर कर्जामा वाणिज्य बैंकको आक्रामक लगानी,...

सेयर कर्जामा वाणिज्य बैंकको आक्रामक लगानी, राष्ट्र बैंकको खुकुलो नीतिपछि ६६ % ले बढ्यो

सेयर कर्जामा वाणिज्य बैंकको आक्रामक लगानी, राष्ट्र बैंकको खुकुलो नीतिपछि ६६ % ले बढ्यो

सोमवार, भाद्र ९ २०८२१०:२८
सोमवार, भाद्र ९ २०८२१०:२८
  • images

    काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८२/८३ का लागि सार्वजनिक गरेको मौद्रिक नीतिमा सेयर धितो कर्जा (मार्जिन कर्जा) सम्बन्धी नियमहरू खुकुलो बनाएपछि वाणिज्य बैंकहरूले पुँजी बजारमा सेयर कर्जाको लगानी उल्लेखनीय रूपमा बढाएका छन्।

    राष्ट्र बैंकले सेयर कर्जाको सीमा १५ करोड रुपैयाँबाट बढाएर २५ करोड रुपैयाँ पुर्‍याएको छ भने जोखिमभार पनि १२५ प्रतिशतबाट घटाएर १०० प्रतिशतमा झारेको छ। यस निर्णयले बैंकहरूलाई सेयर कर्जामा लगानी गर्न थप सहज बनाएको छ। परिणामस्वरूप आर्थिक वर्ष २०८१/८२ मा बैंकहरूले कुल ७० अर्ब ३४ करोड ४७ लाख रुपैयाँ सेयर कर्जा प्रवाह गरेका थिए भने हाल सो रकम ६६.०५ प्रतिशतले वृद्धि भई १ खर्ब १६ अर्ब ८० करोड ९४ लाख रुपैयाँ पुगेको छ।

    सबैभन्दा बढी सेयर कर्जा प्रवाह गर्ने बैंकको सूचीमा नबिल बैंक अग्रस्थानमा रहेको छ। नबिलले अघिल्लो वर्षको तुलनामा ४६.६८ प्रतिशतले वृद्धि गर्दै १६ अर्ब ७६ करोड ३२ लाख रुपैयाँ सेयर कर्जा दिएको छ।

    यस्तै माछापुच्छ्रे बैंकले ४४२.०९ प्रतिशतको उल्लेखनीय वृद्धि गर्दै २ अर्ब ५३ करोड १९ लाख रुपैयाँ लगानी गरेको छ, जुन अघिल्लो वर्ष मात्र ४६ करोड ७० लाख रुपैयाँ थियो।

    अन्य बैंकहरू पनि यो दौडमा पछाडि परेका छैनन्। नेपाल एसबिआई बैंकले २०७.१५ प्रतिशतले वृद्धि गर्दै ६१ करोड ९१ लाख रुपैयाँ, कृषि विकास बैंकले १९२.६६ प्रतिशतले वृद्धि गर्दै ४ अर्ब ६५ करोड ८० लाख रुपैयाँ, एनएमबि बैंकले १४४ प्रतिशतले वृद्धि गर्दै २ अर्ब ३९ करोड ३२ लाख रुपैयाँ र लक्ष्मी सनराइज बैंकले १४३.५३ प्रतिशतले वृद्धि गर्दै ८ अर्ब २५ करोड ४५ लाख रुपैयाँ सेयर कर्जा प्रवाह गरेका छन्।

    यसैगरी, कुमारी बैंकले १३८.४ प्रतिशतले वृद्धि गर्दै १० अर्ब ४३ करोड ३२ लाख रुपैयाँ, प्राइम बैंकले १०४.२९ प्रतिशतले वृद्धि गर्दै ८ अर्ब २८ करोड १५ लाख रुपैयाँ र सानिमा बैंकले १००.५१ प्रतिशतले वृद्धि गर्दै ३ अर्ब ३१ करोड १५ लाख रुपैयाँ लगानी गरेका छन्।

    ग्लोबल आइएमई, प्रभु, सिद्धार्थ, एभरेष्ट, नेपाल इन्भेष्टमेन्ट मेगा, सिटिजन्स, राष्ट्रिय वाणिज्य बैंक, हिमालयन बैंक, नेपाल बैंकलगायत अन्य बैंकहरूले पनि सेयर कर्जामा उल्लेखनीय वृद्धि गरेका छन्। तर, केही बैंक भने यसको अपवाद बनेका छन्। विशेषतः एनआईसी एशिया बैंकले अघिल्लो वर्षको तुलनामा ४८.२१ प्रतिशतले घटाएर मात्र २ अर्ब ५ करोड ५२ लाख रुपैयाँ सेयर कर्जा प्रवाह गरेको देखिन्छ।

    BANK share.jpg

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend