२०८३, आश्विन २० गते

images

घाँसीकुवा पहिरो हटाउन दुई दिन लाग्ने

घाँसीकुवा पहिरो हटाउन दुई दिन लाग्ने

बिहिवार, भाद्र ६ २०८१०१:३५
बिहिवार, भाद्र ६ २०८१०१:३५
  • images

    काठमाडौं । पृथ्वीराजमार्गको दमौली–डुम्रे खण्डको अवरोध तत्काल नहट्ने भएको छ । अविरल वर्षाले गर्दा तनहुँको व्यास नगरपालिका–१२ घाँसी कुवा बुधवार खसेको पहिरो हटाउन समय लाग्ने भएकोले दुई वटा वैकल्पिक मार्गको प्रयोग गर्न प्रहरीले आग्रह गरेको छ ।

    जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक दीपककुमार रायद्वारा बिहीबार जारी विज्ञप्तिमा वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको छ । विज्ञप्तिमा पहिरो गई सडक पूर्ण रूपमा अवरुद्ध भएकोले वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको हो । साना तथा मझौला सवारी साधनको लागि दमौली–घाँसीकुवा मार्ग अन्तर्गत ताल घरे, दरै पँधेरा हुँदै घाँसी कुवा, घाँसी कुवा हुँदै दमौलीको लागि घाँसी कुवा, पोल्याङ, रानीगाउँ हुँदै ताल घरे प्रयोग गर्न आग्रह गरिएको छ ।

    हेभि सवारी साधनको लागि वैकल्पिक मार्गको रूपमा डुम्रे–बेशीशहर लमजुङ खण्ड सडक हुँदै पोखरा जाने मार्ग प्रयोग गर्न आग्रह गरिएको छ । बुधबार घाँसी कुवामा ठुलो पहिरो खसेको र खस्ने क्रम जारी रहेकोले अवरोध हटाउने काम सुरु गर्न नसकिएको तर बिहीबार बिहानबाट दुवैतिरबाट पहिरो पन्छाउने काम भइरहेको प्रनाउ रायले जानकारी दिए । पहिरोमा मानवीय क्षति भएको र नभएको बारेमा यकिन भई नसकेको कसैले पनि हराएको पनि खबर नगरेको रायले बताए ।

    व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले घाँसीकुमा ठुलो पहिरो गएकोले हटाउन दुई दिन लाग्ने देखिएको जानकारी दिए । पहिरोले बिजुलीको पोलमा क्षति पुगेकोले सो क्षेत्रमा विद्युत् सेवा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend