काठमाडौं । साताको तेस्रो दिन शेयर बजार बढेर बन्द भएको छ। आज नेप्से परिसूचक ७ दशमलव ६० अंकले बढ्दै २,७६८ विन्दुमा कायम भएको हो।
नेपाल स्टक एक्सचेन्जका अनुसार आज ३२२ कम्पनीका ९२ लाख ४३ हजार २३२ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब १८ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ।
आज १०१ कम्पनीको शेयर मूल्य बढ्दा १४९ कम्पनीको मूल्य घटेको छ। कारोबार रकमका आधारमा नेपाल पुनर्बीमा कम्पनी अग्रस्थानमा रह्यो। यस कम्पनीको ४८ करोड ९५ लाख रुपैयाँ बराबरको शेयर किनबेच भयो। सोही क्रममा हिमालयन रिइन्स्योरेन्सको २१ करोड ७१ लाख, एनआरएनको १९ करोड ४८ लाख र हिमालयन डिष्टिलरीको १६ करोड ८४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।
लगानीकर्ताको आम्दानीतर्फ आज विकास हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा धेरै कमाइ गरे। यस कम्पनीका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन्। त्यस्तै, एनआरएमका लगानीकर्ताले ८ दशमलव ६१ प्रतिशत र नारायणी डेभलपमेन्टका लगानीकर्ताले ७ दशमलव २८ प्रतिशतका दरले आम्दानी गरेका छन्।
यद्यपि, कुमारी सबल योजनाका इकाईधनी भने घाटामा परेका छन्। उनीहरूले ३ दशमलव ६६ प्रतिशतका दरले गुमाएका छन्।

