काठमाडौं । उखु किसानहरूलाई प्रोत्सहान स्वरुप दिने गरेको अनुदान आधा घटाइदिएपछि आन्दोलित किसानले आफ्नो आन्दोलनलाई जारी राखेका छन्।
अर्थ मन्त्रालयले मंगलबार अनुदानबाफतको ७५ करोड ४९ लाख ३८ हजार २ सय ४० रुपैयाँ निकासा गरेको थियो।
तर, यसअघि प्रति क्विन्टल ७० रुपैयाँ प्रोत्साहन स्वरुप अनुदान पाउँदै आएका किसानलाई सरकारले घटाएर ३५ रुपैयाँ मात्रै पाउने गरि रकम निकासा गरेपछि आन्दोलनलाई निरन्तरता दिएका छन्। अनुदानको रकम पाउनुपर्ने मागसहित उखु किसान एक सातादेखि काठमाडौँमा आन्दोलित छन्।

