काठमाडौँ । साताको चौथो कारोबार दिन बुधबार शेयर बजारमा उल्लेखनीय वृद्धि भएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सूचक ५६.६९ अंकले बढेर २,८२२.७८ बिन्दुमा पुगेको हो। यो २.०४ प्रतिशतको वृद्धि हो।
यसअघि मंगलबार नेप्से ४.८३ अंकले बढेको थियो भने सोमबार २१.३० अंकले वृद्धि भएको थियो। लगातार तीन दिनको वृद्धि पछि नेप्से फेरि उत्साहजनक अवस्थामा पुगेको देखिन्छ।
बुधबार नेप्सेमा ७ अर्ब ६८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। मंगलबार भने कुल कारोबार ४ अर्ब ९ करोड रुपैयाँमा सीमित भएको थियो।
कुल २३२ कम्पनीको शेयर मूल्य बढ्दा १९ कम्पनीको मूल्य घटेको छ। यसले बजारमा लगानीकर्ताको उत्साह झल्काएको विश्लेषकहरूले बताएका छन्।

