२०८३, आश्विन २० गते

images

स्वस्तिक लघुवित्तको आईपीओ बाँडफाँट

स्वस्तिक लघुवित्तको आईपीओ बाँडफाँट

बिहिवार, भाद्र १२ २०८२११:३०
बिहिवार, भाद्र १२ २०८२११:३०
  • images

    काठमाडौं । स्वस्तिक लघुवित्त वित्तीय संस्थाको आईपीओ बाँडफाँट भएको छ । गत साउन ३० गतेदेखि भदौ ३ गतेसम्म सर्वसाधारण लगानीकर्ताका लागि आवेदन खुलाएको लघुवित्तको आईपीओ बिहीबार बाँडफाँट भएको हो ।

    कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका दरले १ लाख ९५ हजार १९५ कित्ता आईपीओ निष्कासन गरेको थियो । सो आईपीओमा २४ लाख ४० हजार ४६० जनाले कुल २ करोड ७४ लाख ६४ हजार ५७० कित्ता सेयरका लागि आवेदन दिएका थिए । जसमध्ये २४ लाख ३६ हजार ३९३ आवेदन स्वीकृत भएको थियो भने २ हजार ३०० आवेदन रद्द भएको थियो ।

    जसअनुसार आईपीओ बाँडफाँट गर्दा १९ हजार ५१९ जनाले १० कित्ताका दरले लघुवित्तको सेयर प्राप्त गरेका छन् । यसरी बाँडपाँट गर्दा बाँकी रहेको ५ कित्ता सेयर पनि सोही लगानीकर्ताहरुमाझ वितरण गरिएको छ । जस अनुसार ५ जनाले थप एक कित्ता अर्थात कुल ११ कित्ताका दरले लघुवित्तको सेयर प्राप्त गरेका छन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend