२०८३, आश्विन २० गते

images
  • समाचार
  • तनहुँ बस दुर्घटनाः १० जना गोताखोरसहित...

तनहुँ बस दुर्घटनाः १० जना गोताखोरसहित ८० जना सशस्त्र प्रहरी उद्धारमा परिचालन

तनहुँ बस दुर्घटनाः १० जना गोताखोरसहित ८० जना सशस्त्र प्रहरी उद्धारमा परिचालन

शुक्रवार, भाद्र ७ २०८१०१:३०
शुक्रवार, भाद्र ७ २०८१०१:३०
  • images

    काठमाडौं ।  तनहुँमा शुक्रबार बिहान भारतीय नम्बर प्लेटको बस दुर्घटना भएपछि  सशस्त्र प्रहरीको टोली उद्धारमा परिचालन गरिएको छ ।

    सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालयबाट एसएसपी माधव पौडेलको कमान्डमा १० जना गोताखोर सहित ४५ जना र नम्बर २३ मनकामना गण भानु तनहुँबाट ३५ जनाको फौज उद्धारमा खटिएको सशस्त्र प्रहरीका सहायक प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए । 

    दुर्घटना स्थल अप्ठ्यारो भीर भएका कारण घाइते र मृतक उद्धारमा डोरीको सहायताले नदी किनारमा पुग्ने प्रयास भइरहेको  उनले बताए । प्रारम्भिक रूपमा १०–११ जनाको मृत्यु भएको बुझिएको भन्दै उनले पुष्टि हुन बाँकी रहेको जानकारी दिए । 

    प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी दीपक कुमार रायले बसमा ४० जना सवार रहेको जानकारी दिए । दुर्घटनामा १४ जनाको शव निकालिएको छ । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend