२०८३, आश्विन २० गते

images

नेपाली सेनाको मेडिकल टिमसहितको टोली दुर्घटनास्थलमा

नेपाली सेनाको मेडिकल टिमसहितको टोली दुर्घटनास्थलमा

शुक्रवार, भाद्र ७ २०८१०२:०७
शुक्रवार, भाद्र ७ २०८१०२:०७
  • images

    काठमाडौँ । तनहुँको आँबुखैरेनीस्थित ऐनापहराबाट मर्स्याङ्दी नदीमा खसेको भारतीय बस दुर्घटनामा नेपाली सेनाको मेडिकल टिमसहितको टोली दुर्घटनास्थलतर्फ प्रस्थान गरेको छ।

    नेपाली सेनाका प्रवक्ता गौरव केसीका अनुसार, एमआई १७ कलसाइनको हेलिकप्टर भर्खरै दुर्घटनास्थलतफर्फ प्रस्थान गरेको हो। 

    दुर्घटनामा परेर १४ जनाको मृत्य भएको कास्की प्रहरी प्रमुख एसपी मोहन थापाले जानकारी दिए। उनका अनुसार १७ जना घाइतेको उद्धार गरेर अस्पतालतर्फ पठाइएको छ। 

    दुर्घटना स्थल अप्ठ्यारो भीर भएका कारण घाइते र मृतक उद्धारमा डोरीको सहायताले नदी किनारमा पुग्ने प्रयास भइरहेको  उनले बताए । 

    प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी दीपक कुमार रायले बसमा ४० जना सवार रहेको जानकारी दिए । दुर्घटनामा १४ जनाको शव निकालिएको छ । 

    दुर्घटनामा परेको उद्धार कार्य जारी छ। उद्धारका लागि गोताखोरसहित नेपाली सेना, सशस्त्र र नेपाली सेनाको टोली परिचालित छ। 

    यूपी ५३ एफटी ७६२३ नम्बरको भारतीय बसमा दुर्घटनामा परेको हो। दुर्घटनाग्रस्त बसमा चालक र सहचालकसहित ४१ जना यात्रु सवार थिए।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend