२०८३, आश्विन २० गते

images
  • समाचार
  • मर्स्याङ्दी बस दुर्घटनामा मृत्यु हुनेको संख्या...

मर्स्याङ्दी बस दुर्घटनामा मृत्यु हुनेको संख्या २७ पुग्यो

मर्स्याङ्दी बस दुर्घटनामा मृत्यु हुनेको संख्या २७ पुग्यो

शुक्रवार, भाद्र ७ २०८१०७:२६
शुक्रवार, भाद्र ७ २०८१०७:२६
  • images

    काठमाडौं । मर्स्याङ्दी बस दुर्घटनामा मृत्यु हुनेको संख्या २७ पुग्यो पुगेको छ। पोखराबाट काठमाडौंका आउँदै गरेको भारतीय पर्यटक बोकेको बस शुक्रबार बिहान तनहुँको आँबुखैरेनी–२ ऐनापहाराबाट मर्स्याङ्दीमा खसेको थियो। दुर्घटना लगत्तै सुरक्षाकर्मीसहितको टोलीले यात्रुहरुको उद्धार गरेको थियो। १४ जनाको घटना स्थलमै मृत्यु भएको थियो भने पछि १३ जनाको मृत्यु भएको तनहुँ प्रहरीले जनाएको छ। 

    यूपी ५३ एफटी ७६२३ नम्बरको बसमा चालकसहित ४३ यात्रु सवार थिए। दुर्घटनामा गम्भीर घाइते भएका १६ जनालाई नेपाली सेनाको हेलिकोप्टरमार्फत थप उपचारका लागि काठमाडौं ल्याइएको छ। मृत्यु हुने सबैको शव आँबुखैरेनी गाउँपालिकामा राखिएको प्रहरीले जनाएको छ। दुर्घटनाका बारेमा भारतीय दूतावासमार्फत पनि जानकारी प्रहरीले जनाएको छ। 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend