२०८३, आश्विन २० गते

images

काठमाडौँ मोडेल कलेजमा ९ वर्ष पढाएका एक शिक्षकको रोदनः ठूलो रोग लाग्यो उपचारका लागि सहयोग गर्नुस्

काठमाडौँ मोडेल कलेजमा ९ वर्ष पढाएका एक शिक्षकको रोदनः ठूलो रोग लाग्यो उपचारका लागि सहयोग गर्नुस्

मंगलवार, भाद्र १७ २०८२१२:४७
मंगलवार, भाद्र १७ २०८२१२:४७
  • images

    काठमाडौँ । काठमाडौँ मोडेल कलेजमा ९ वर्षभन्दा बढी अध्यापन गरेका एक शिक्षकले सहयोगको आपिल गरेका छन् । अध्यापनकै क्रममा न्यूरोडिजेनेरेटिभ डिसअर्डर भएको भन्दै पूर्व शिक्षक सेराज अहमदले सामाजिक सञ्जाल मार्फत सहयोगको याचना गरेका हुन् । 

    उनले विगत ५ वर्षदेखि उपचार गराउँदै आएतापनि रोग झन बल्झिन थालेपछि बाध्य भएर सामाजिक सञ्जाल मार्फत भिडियो सार्वजनिक गर्दै सहयोगको याचना गर्नुपरेको बताए । उनले सार्वजनिक गरेको भिडियोमा भनिएको छ, ‘फेसबुकबाट पैसा माग्नु मर्नु बरामर हो, जर जिवनमा कहिलेकाही बाँच्नका लागि मर्नुपर्ने रहेछ ।’

    कारोना महामारीको बेलामा अनलाइन मार्फत पढाउने क्रममा एउटा कानबाट सुरु भएको समस्या हाल घाँटीसम्म पुगेको उनले बताए । उनी हाल दुबै काम सुन्दैनन्, आखा राम्रोसँग देख्न सक्दैनन, घाँटीमा समस्यादेखि आफै राम्रोसँग हिड्डुल गर्न समेत नसक्ने अवस्थामा पुगेका छन् ।

    नेपालका प्रमुख चिकित्सकहरूले उनलाई अब भारतको मेदान्त अस्पतालमा मात्रै सम्भावित उपचार हुने सुझाव दिएका छन् । तर त्यहाँको उपचार खर्च २०देखि २५ लाख भारतीय रुपैयाँभन्दा बढी पर्ने भएकाले उनी सहयोगका लागि बाध्य भएका छन् ।

    उनले इज्जत जोगाउनु पर्ने दबाब, उपचार गर्नुपर्ने दबाब र घरको खर्च चलाउनु पर्नै दबाबका बीच आफूसँग ३ वटा मात्रै विकल्प रहेको समेत बताएका छन् । उपचारका लागि चन्दा संकलन गर्नु, किड्नी बेच्नु वा आत्महत्या गर्नु आफूसँग विकल्प रहेको भन्दै उनले नचाहदा नचाँहदै पनि सामाजिक सञ्जाल मार्फत सहयोग माग्नुपरेको उल्लेख गरेका छन् ।
    नाम : सेराज अहमद
    एनएमबी बैंकको खाता नम्बर ०२७००१६५४८२०००१२
    नेपाल एसविआइ बैंक लिमिटेडको खाता नम्बर १७७१५२४१४१९३३८ र इसेवा ९८६९६१२१४४

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend