२०८३, आश्विन २० गते

images
  • समाचार
  • मर्स्याङ्दी बस दुर्घटनाः १२ घाइतेलाई सेनाको...

मर्स्याङ्दी बस दुर्घटनाः १२ घाइतेलाई सेनाको हेलिकप्टरबाट काठमाडौं ल्याइयो

मर्स्याङ्दी बस दुर्घटनाः १२ घाइतेलाई सेनाको हेलिकप्टरबाट काठमाडौं ल्याइयो

शुक्रवार, भाद्र ७ २०८१०७:३०
शुक्रवार, भाद्र ७ २०८१०७:३०
  • images

    काठमाडौं । तनहुँको आँबुखैरेनीस्थित ऐनापहरामा भएको भारतीय बस दुर्घटनाका १२ जना घाइतेलाई उपचारका लागि काठमाडौं ल्याइएको छ । पोखराबाट काठमाडौंका लागि छुटेको यूपी ५३ एफटी ७६२३ नम्बरको बस शुक्रबार बिहान ११:३० मा मर्स्याङ्दी नदीमा खसेको थियो ।

    नेपाली सेनाको एमआई १७ हेलिकप्टरबाट उनीहरूलाई काठमाडौँ ल्याइएको तनहुँका प्रहरी प्रमुख एसपी विरेन्द्र बहादुर शाहीले जानकारी दिए । उनीहरूको उपचार त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा भइरहेको छ । दुर्घटनामा परेर २७ जनाको मृत्यु भएको छ भने १७ जना घाइते छन् । अन्यको खोजी कार्य जारी छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend