२०८३, आश्विन २० गते

images
  • समाचार
  • मालपोत कार्यालय काभ्रेमा अख्तियारको छापा, नगद...

मालपोत कार्यालय काभ्रेमा अख्तियारको छापा, नगद सहित नासु नियन्त्रणमा

मालपोत कार्यालय काभ्रेमा अख्तियारको छापा, नगद सहित नासु नियन्त्रणमा

बुधवार, भाद्र १८ २०८२१२:५८
बुधवार, भाद्र १८ २०८२१२:५८
  • images

    काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काभ्रेको मालपोत कार्यालयमा छापा मागरेको छ । 

    बुधबार बिहान अख्तियारको टोलीले मालपोत कार्यालय काभ्रेमा छापा मारेर नगदसहित मुद्दा फाँटका कर्मचारी नासु ज्ञानेन्द्र भण्डारीलाई नियन्त्रणमा लिएको हो ।

    भण्डारीलाई २ लाख रुपैयाँ नगदसहित नियन्त्रणमा लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको हो ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रवक्ता राजेन्द्रकुमार पौडेलले टोली मालपोत कार्यालय काभ्रेमा पुगेको र थप जानकारी टोली आयोग आएपछि मात्र जानकारी हुने बताए ।

    भण्डारीबारे थप अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend