२०८३, आश्विन २० गते

images
  • राजनीति
  • रास्वपाका उपसभापति स्वर्णिम वाग्लेले दिए डिपफेक...

रास्वपाका उपसभापति स्वर्णिम वाग्लेले दिए डिपफेक भिडियोविरुद्ध साइबर ब्युरोमा उजुरी

रास्वपाका उपसभापति स्वर्णिम वाग्लेले दिए डिपफेक भिडियोविरुद्ध साइबर ब्युरोमा उजुरी

बुधवार, भाद्र १८ २०८२०४:३६
बुधवार, भाद्र १८ २०८२०४:३६
  • images

    काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा.स्वर्णिम वाग्लेले डिपफेक भिडियो बनाइ आफ्नो आवाजको दुरुपयोग भएको भन्दै साइबर ब्युरोमा उजुरी दिएका छन् ।

    बुधबार वाग्लेले काठमाडौंको भोटाहिटीस्थित साइबर ब्युरोमा पुगेर उजुरी दर्ता गरेका हुन् । साइबर ब्युरोका एसपी दीपकराज अवस्थीले वाग्लेले दर्ता गरेको उजुरीबारे जानकारी दिँदै सो विषयमा अनुसन्धान अघि बढाइने बताए ।

    वाग्लेले आफ्नो आवाज प्रयोग गरी सामाजिक सञ्जालमा डिपफेक भिडियो सार्वजनिक गरिएकोप्रति गम्भीर ध्यानाकर्षण भएको बताउँदै दोषीलाई कारबाही गर्न माग गरेका छन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend