२०८३, आश्विन २० गते

images
  • समाचार
  • चितवन बस दुर्घटना अपडेटः मृतकका शवको...

चितवन बस दुर्घटना अपडेटः मृतकका शवको परीक्षण सुरु

चितवन बस दुर्घटना अपडेटः मृतकका शवको परीक्षण सुरु

सीएनएन खबर
शनिवार, भाद्र ८ २०८१०८:०७
सीएनएन खबर
शनिवार, भाद्र ८ २०८१०८:०७
  • images

    काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ऐनापहरास्थित मस्र्याङ्दी नदीमा शुक्रबार भएको बस दुर्घटनाका मृतकको शव परीक्षण सुरु गरिएको छ । आज बिहानैदेखि भरतपुर अस्पतालमा शवको परीक्षण सुरु गरिएको हो ।

    पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको भारतीय नम्बर प्लेट युपी ५३ एफटी ७६२३ नम्बरको बस मस्र्याङ्दी नदीमा खस्दा २७ जनाको मृत्यु भएको थियो । त्यसमध्ये २६ जनाको आँबुखैरेनी र एक जनाको भरतपुरमा मृत्यु भएको हो ।

    आँबुखैरेनी अस्पतालमा मृत्यु भएका २६ जनाको शव शुक्रबार राति नै चितवन ल्याइएको र अहिले शव परीक्षण सुरु गरिएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए। शव परीक्षणपश्चात् भैरहवा हुँदै भारत पठाइने उनले जानकारी दिए । 

    सो दुर्घटनामा १६ जना घाइते भएको र उनीहरुलाई शुक्रबार नै हेलिकप्टरमार्फत उपचारका लागि काठमाडौँ लगिएको थियो । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend