काठमाडौं । भ्रष्टाचारको विरुद्धमा सोमबार माइतीघरमा हुने प्रदर्शनलाई स्थानीय प्रशासनले अनुमति दिएको छ । भोलि बिहान ११ बजेदेखि माइतीघर मण्डलामा स्वतन्त्र नेपाली युवाहरूले भ्रष्टाचार विरुद्ध प्रदर्शन आयोजना गरेका छन् ।
निषेधित क्षेत्रमा प्रवेश नगर्ने गरी सो प्रदर्शन आयोजना गर्न अनुमति दिइएको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ ।

