२०८३, आश्विन २० गते

images
  • समाचार
  • सिन्धुली दुर्घटनाः सुनकोसीबाट हाइलक्स गाडी निकाल्ने...

सिन्धुली दुर्घटनाः सुनकोसीबाट हाइलक्स गाडी निकाल्ने प्रयास गरिँदै

सिन्धुली दुर्घटनाः सुनकोसीबाट हाइलक्स गाडी निकाल्ने प्रयास गरिँदै

शनिवार, भाद्र ८ २०८११०:४१
शनिवार, भाद्र ८ २०८११०:४१
  • images


    काठमाडौं ।  सिन्धुलीको गोलोन्जोर गाउँपालिका–१ स्थित कुडुलेबाट सुनकोसी नदीमा खसेको हाइलक्स गाडी भेटिएको छ । नदीमा खसेको जिप निकाल्ने प्रयास भइरहेको सिन्धुलीका एसपी गोविन्द काफ्लेले बताए । 

    खोटाङबाट काठमाडौँतर्फ आउँदै गरेको हाइलक्स दुर्घटना हुँदा ३ जना बेपत्ता भएका छन् ।  बेपत्ता हुनेमा भक्तपुरको जगाती बस्दै आएका ३२ वर्षीय अबिन बाके, ३० वर्षीय प्रनित स्यागु र ३७ वर्षका बलाम घटुवा छन् । जीप अबिन बाकेले चलाएका थिए ।

    सुर्यबिनायक नगरपालिका स्थित जगातेमा बस्ने २७ वर्षीय सुशान्त कक्षपति हाम्फालेर बाँचेका छन् ।  कक्षपतिको टाउको र पातामा चोट लागेको एसपी काफ्लेले जानकारी दिए । घटनास्थलमा सशस्त्र र नेपाल प्रहरीको टोलीले जीप निकाल्ने प्रयास गरिरहेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend