२०८३, आश्विन १९ गते

images
  • समाचार
  • जेनजीको आन्दोलनले काठमाडौँको यातायात सेवा अस्तव्यस्थ,...

जेनजीको आन्दोलनले काठमाडौँको यातायात सेवा अस्तव्यस्थ, हवाई उडान सामान्य

जेनजीको आन्दोलनले काठमाडौँको यातायात सेवा अस्तव्यस्थ, हवाई उडान सामान्य

सोमवार, भाद्र २३ २०८२०७:१४
सोमवार, भाद्र २३ २०८२०७:१४
  • images

    काठमाडौँ ।  ‘जेनजी’ प्रदर्शनले काठमाडौँ उपत्यकाको सवारी आवागमन अस्तव्यस्त बनिरहँदा मुलुकको हवाई उडान भने नियमित सञ्चालन भइरहेको छ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलका अनुसार आन्तरिक र अन्तरराष्ट्रिय दुवै उडान सामान्य रहेको छ । विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाले हवाई उडानमा कुनै समस्या नरहेको बताए ।

    आन्तरिकतर्फ १२ हेलिकप्टर कम्पनीसहित २१ वायुसेवा कम्पनीले सेवा दिइरहेका छन् । अन्तरराष्ट्रियतर्फ तीन नेपालीसहित ३० हवाई कम्पनीले उडान भर्दै आएका छन् । काठमाडौँ बाहिरका विमानस्थलमा पनि हवाई उडान सामान्य रहेको विमानस्थल कार्यालयले जनाएको छ ।

    ‘जेनजी’को प्रदर्शनले काठमाडौँका ठाउँठाउँमा सडक अवरोध हुँदा आवागमनमा समस्या भएको छ । विशेषगरी कोटेश्वर, नयाँबानेश्वर, माइतीघर, थापाथली, रत्नपार्क, नयाँ सडक, रामशाहपथ, पुतलीसडकलगायत क्षेत्रको सडकमा सवारी आवागमनमा अवरोध भएको छ । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend