२०८३, आश्विन २० गते

images

सुनकोसी दुर्घटनाः भेटियो गाडी, भेटिएनन् यात्रु

सुनकोसी दुर्घटनाः भेटियो गाडी, भेटिएनन् यात्रु

आइतवार, भाद्र ९ २०८११२:४९
आइतवार, भाद्र ९ २०८११२:४९
  • images

    काठमाडौं । सुनकोसीमा गाडी खसेर बेपत्ता भएकाहरू अझै फेला परेका छैनन्। मध्य पहाडी राजमार्ग अन्तर्गत खुर्कोट घुर्मी सडक खण्डबाट सुनकोसीमा गाडी खस्दा बेपत्ता भएका तीन जनाको खोजी कार्य जारी रहेपनी हालसम्म फेला नपरेको प्रहरीले जनाएको छ। 

    गोलन्जोर गाउँपालिका १ कुडुलेबाट सुनकोसी नदिमा एक निजी जिप हाइलेक्स  खस्दा बेपत्ता भएका तीन जनाको खोजी कार्य बिहानै देखि सुरु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ। खोटाङ हलेसीबाट काठमाडौँतर्फ आउँदै गरेको प्रदेश ३-०१-०२३ च ६३६६ नम्बरको  इसुजु  हाइलेक्स गाडी मध्य पहाडी लोकमार्ग अन्तर्गत सिन्धुलीको गोलन्जोर गाउँपालिका १ कुँडुले नजिकबाट सुनकोसी नदीमा शनिबार साँझ खस्दा तीन यात्रु बेपत्ता भएका थिए।

    चार जना सवार रहेको कारबाट हाम फालेका भक्तपुर जगातीका २७ वर्षीय सुशान्त कक्षपतीको सुनकोसी सामुदायिक अस्पताल खुर्कोटमा उपचार पश्चात् डिस्चार्ज भैसकेको इलाका प्रहरी कार्यालय खुर्कोटका प्रमुख प्रहरी निरीक्षक एल्जिना राईले बताइन  घाइते अवस्थामा भेटिएका  कक्षपतीले नै घटनाबारे प्रहरीलाई जानकारी गराएका थिए।

    सुनकोसी नदिमा बेपत्ता हुनेहरूमा भक्तपुर सुर्यविनायक नगरपालिका जगतीका अविन बके सोही ठाउँका प्रनित सैजु र बलराम घटुवा छन्। दुर्घटनास्थलको सुनकोसी नदिमा सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन बेस खुर्कोटबाट सशस्त्र प्रहरीका गोताखोरसहित नेपाल प्रहरी, नेपाली सेना लगायतले बिहानै देखि  खोजी गरिरहेको भएपनी हालसम्म बेपत्ताहरू नभेटिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरीक्षक गोविन्दराज काफ्लेले जानकारी दिए।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend