२०८३, आश्विन १९ गते

images
  • समाचार
  • जेनजी आन्दोलनमा मृत्यु हुनेको संख्या ७२...

जेनजी आन्दोलनमा मृत्यु हुनेको संख्या ७२ पुग्यो

जेनजी आन्दोलनमा मृत्यु हुनेको संख्या ७२ पुग्यो

आइतवार, भाद्र २९ २०८२१२:०३
आइतवार, भाद्र २९ २०८२१२:०३
  • images

    काठमाडौं । यही भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा ज्यान गुमाउनेको संख्या ७२ पुगेको छ। प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण कार्यक्रममा आन्दोलनमा ज्यान गुमाउनेको संख्या ७२ पुगेको जानकारी गराइएको हो। 

    सरकारले जेनजी आन्दोलनको क्रममा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरेको गरेको छ। त्यस्तै मृतकको परिवारलाई १० लाख दिने निर्णय अन्तरिम सरकारले गरेको हो।  आन्दोलनका सबै घाइतेको सरकारले उपचार गर्ने निर्णय समेत भएको छ। 

    मृतक मध्ये अहिलेसम्म ४१ जनाको मात्रै सनाखत भएको प्रहरीले जनाएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend