काठमाडौं । चिकित्सक सन्दुक रुइतले राजनीतिमा संलग्न नहुने स्पष्ट पारेका छन् । धेरैले रुइत जेन–जी आन्दाेलनपछि बनेकाे अन्तरिम सरकारकाे मन्त्री बन्ने चर्चा थियाे ।
तर, उनले साेमबार एक प्रेस विज्ञप्ति जारी गर्दै लामाे चिकित्सकीय यात्रामा साथ दिने नेपालीबाट भाेलिका दिनमा पनि साथ, सद्भाव र माया प्राप्त हुने विश्वास व्यक्त गरेका छन् ।
उनले आफू चिकित्सकीय पेशामा संलग्न भइरहने र यसैबाट नागरिककाे सेवामा तल्लिन हुने स्पष्ट पारेका छन् ।
उनले भनेका छन्, 'मलाई हरेक राजनीतिक उथलपुथलपछि कुनै न कुनै पदमा बसेर नेतृत्व गरिदिनका लागि अनुराेध आउने गरेकाे छ । तर, म प्रस्ट छु मेराे कर्म भनेकाे नेपाली र संसारभरका बिरामीकाे सेवामा आफ्नाे सीप, ज्ञान र समय दिनु हाे । '
उनले सबैले आ-आफ्नाे पेशा, कर्म र व्यवसायमा इमान्दारीपूर्वक लागे देशकाे अवस्था परिवर्तन गर्न समय नलाग्ने समेत बताएका छन् ।

