काठमाडौं । डेडिकेडेट ट्रंकलाइन विवादमा सार्वजनिक लेखा समिति बैठक बिना निष्कर्ष टुंगिएको छ। आइतबार १ बजेदेखि ५ बजेसम्म छलफल भए पनि बैठक निष्कर्षमा पुग्न नसकेछि फेरी बस्ने गरी टुंगिएको हो।
लेखा समिति सभापतिले निर्णयका लागि प्रस्ताव गरेका विषयमा समितिका प्रतिपक्षी दलले असहमति जनाएपछि बैठक निष्कर्षमा पुग्न नसकेको हो। कांग्रेस भने मौन छ।

