२०८३, आश्विन २० गते

images

रेसुङ्गा नगरपालिकामा मंगलबार विदा

रेसुङ्गा नगरपालिकामा मंगलबार विदा

सीएनएन खबर
सोमवार, भाद्र १० २०८१०३:५२
सीएनएन खबर
सोमवार, भाद्र १० २०८१०३:५२
  • images

    काठमाडौँ । गुल्मीको रेसुङ्गा नगरपालिकाले मंगलबार (भदौ ११) सार्वजनिक बिदा दिएको छ।

    कृष्ण जन्माष्टमी पर्वको भोलिपल्ट साँस्कृतिक रोपाईं जात्राको अवसर पारेर मंगलबार सार्वजनिक बिदा दिइएको निमित्त प्रमुख प्रशासकीय अधिकृत पिताम्बर पन्थीले जानकारी दिए। 

    नगरपालिकाले सूचना जारी गर्दै गत साउन १४ गते बसेको नगर कार्यपालिकाको निर्णय अनुसार सार्वजनिक बिदा दिइएको उल्लेख गरिएको छ। 

    रोपाइँ जात्रा कार्यक्रमलाई सफल बनाउन नगरपालिका कार्यालय मातहतका वडा कार्यालय, विद्यालयहरु, स्वास्थ्य संस्थाहरु लगायत यस नगरपालिका मातहतका सम्पूर्ण निकायमा सार्वजनिक बिदा दिइएको जारी सूचनामा उल्लेख छ।

    श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट गुल्मी सदरमुकाम तम्घास बजारमा रोपाइँ जात्रा लगायतका कार्यक्रमहरू हुनेगर्छ। 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend