२०८३, आश्विन २० गते

images
  • राजनीति
  • नाराबाजी गर्नेहरुविरुद्ध देउवा आक्रोशित,भने'यही हो नेपालको...

नाराबाजी गर्नेहरुविरुद्ध देउवा आक्रोशित,भने'यही हो नेपालको चलन ? बदमासहरु'

नाराबाजी गर्नेहरुविरुद्ध देउवा आक्रोशित,भने'यही हो नेपालको चलन ? बदमासहरु'

सोमवार, भाद्र १० २०८१०६:५२
सोमवार, भाद्र १० २०८१०६:५२
  • images

    काठमाडौं । गौरा पर्वको अवसरमा काठमाडौंको टुँडिखेलमा सोमबार दिउँसो भएको कार्यक्रममा दर्शकदीर्घाबाट नेताहरुविरुद्ध नाराबाजी भएको छ । गौरा पर्व मनाउने क्रममा प्रधानमन्त्री केपी ओली शर्मा, शेरबहादुर देउवालगायत नेताविरुद्ध नाराबाजी भएको हो ।

    कार्यक्रममा सहभागी युवाहरूको समूहले मञ्चमा प्रधानमन्त्री ओली र देउवा उपस्थित भएका बेला नाराबाजी गरेका हुन् । कार्यक्रममा पर्यटन मन्त्री बद्री पाण्डे, वन मन्त्री ऐनबहादुर शाही, उद्योग मन्त्री दामोदर भण्डारी पनि उपस्थित थिए ।

    नाराबाजी भएपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आक्रोशित भए । नेताहरुविरुद्ध नाराबाजी गर्नेहरुलाई देउवाले 'तपाईंहरू जति कराउनुछ कराउनुस् । लाज पनि छैन गौरा पर्वको कार्यक्रम बिथोल्ने ?' भन्दै आक्रोश पोखे । देउवाले अगाडि भने, ‘यही हो नेपालको चलन ? बदमासहरू ।’  

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend