काठमार्डौं । ओमानका विदेशमन्त्री शैयद बदर बिन हमद बीन हमुद अलबुसाईदी नेपालको दुई दिने भ्रमणका लागि आज नेपाल आइपुगेका छन् ।
परराष्ट्रमन्त्री आरजु राणाको निमन्त्रणामा ओमानका विदेशमन्त्री शैयद २ दिने नेपाल भ्रमणका लागि आज आएका हुन् । भ्रमणमा नेपाल र ओमानबीचको सम्बन्ध थप मजबुत बनाउने र आपसी चासोका बिषयमा दुईपक्षीय छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
आज साँझ ओमानका समकक्षीको सम्मानमा परराष्ट्रमन्त्री राणाले रात्रिभोजको आयोजना गरेका छन् । भोलि विहान ११ बजे दुई पक्षीय भेटवार्ता गरिने मन्त्रालयले जनाएको छ ।
त्यसलगत्तै राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेटवार्ता गर्नुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

