२०८३, आश्विन १९ गते

images
  • अटो
  • सिप्रदी ट्रेडिङको दशैं-तिहार अफर: इलेक्ट्रिक र...

सिप्रदी ट्रेडिङको दशैं-तिहार अफर: इलेक्ट्रिक र पेट्रोल गाडीमा लाखौंको छुट र आकर्षक सुविधा, लक्की ड्रबाट माल्दिभ्स ट्रिप जित्ने अवसर

सिप्रदी ट्रेडिङको दशैं-तिहार अफर: इलेक्ट्रिक र पेट्रोल गाडीमा लाखौंको छुट र आकर्षक सुविधा, लक्की ड्रबाट माल्दिभ्स ट्रिप जित्ने अवसर

सीएनएन खबर
बुधवार, आश्विन ८ २०८२०९:२५
सीएनएन खबर
बुधवार, आश्विन ८ २०८२०९:२५
  • images

    काठमाडौं । नेपालीहरूको महान चाड दशैं र तिहारको शुभ अवसरमा टाटा मोटर्सको नेपालका लागि एक मात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङले ‘शानदार दशैं–तिहार अफर सार्वजनिक गरेको छ। कम्पनीले यस अफरमार्फत आफ्ना लोकप्रिय विद्युतीय सवारीसधान (ईभी) मोडेलदेखि आन्तरिक दहन इन्जिन (आईसीई डिजेलरपेट्रोलबाट चल्ने) मोडेलसम्म विशेष छुट र आकर्षक सुविधासहित प्रस्तुत गरेको छ ।

    ग्राहकहरूले टियागो ईभी, पञ्च ईभी, नेक्सन के३ ईभी र कर्भ ईभी जस्ता नयाँ पुस्ताका इलेक्ट्रिक गाडीहरू छनौट गर्न सक्ने सिप्रदीले जनाएको छ । त्यस्तै, पेट्रोल तथा डिजेलप्रति आकर्षित ग्राहकका लागि टियागो, पञ्च, नेक्सन र सफारी जस्ता आईसीई मोडेलहरूमा विशेष अफरहरु रहेको छ ।  

    इलेक्ट्रिक गाडी खरिद गर्ने ग्राहकका लागि जीवनभर निःशुल्क डिसी फास्ट चार्जिङ सुविधा उपलब्ध गराइने सिप्रदीले जनाएको छ । यससँगै निःशुल्क होम चार्जिङ इन्स्टलेसन, एक वर्षको सवारी कर छुट, निःशुल्क इम्बोस्ड नम्बर प्लेट, सम्पूर्ण बीमा कवरेज, विभिन्न एक्सेसोरिज उपहार र आकर्षक छुटको सुविधा पाउनेछन्। 

    साथै लक्की ड्रमार्फत  भाग्यशाली विजेताले माल्दिभ्सको कपल ट्रिप जित्ने बम्पर पुरस्कार पनि पाउनेछन् । त्यस्तै, पेट्रोल र डिजेलका गाडीहरू रोज्नेहरूका लागि पनि उत्तिकै आकर्षक अफरहरू छन् । टियागो, पञ्च, नेक्सन र सफारी जस्ता आइस मोडेलमा नगद छुट, उत्कृष्ट एक्सचेन्ज मूल्यांकन, एक वर्षको सवारी कर छुट, आकर्षक एक्सेसोरिज र इम्बोस्ड नम्बर प्लेटको सुविधा प्राप्त गर्न सकिनेछ । 

    कम्पनीका अनुसार, यस अफरमार्फत ग्राहकले नगद छुटमै पाँच लाख रुपैयाँसम्मको लाभ लिन सक्नेछन्। सिप्रदी ट्रेडिङले आफ्नो देशभर रहेका सबै शोरुममार्फत यो अफर उपलब्ध गराएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend