२०८३, आश्विन २० गते

images
  • अटो
  • भृकुटीमण्डपमा आजदेखि नाडा अटो शो, देखिनेछन्...

भृकुटीमण्डपमा आजदेखि नाडा अटो शो, देखिनेछन् यी आकर्षण

भृकुटीमण्डपमा आजदेखि नाडा अटो शो, देखिनेछन् यी आकर्षण

मंगलवार, भाद्र ११ २०८१०८:१३
मंगलवार, भाद्र ११ २०८१०८:१३
  • images

    काठमाडौँ । आजदेखि काठमाडौँको मृकुटीमण्डपमा नाडा अटो शो २०२४ शुरु हुँदैछ । नाडा अटोमोबाइल एसोसिएशन नेपालको आयोजनामा आगामी भदौ १६ गतेसम्म अटो शो आयोजना हुनेछ । 

    मंगलबार बिहान ९ बजे अर्थमन्त्री विष्णु प्रसाद पौडेलले औपचारिक रुपमा अटो शो को उद्घाटन गरेसँगै ग्राहकहरुले आफ्नो रोजाइ अनुसारका साधन बुुकिङ गर्न सक्ने नाडाले जनाएको छ । 

    १६औँ संस्करणको अटो शोमा मा २३ ब्रान्डका प्यासेन्जर कार, १९ ब्रान्डका मोटरसाइकल तथा स्कुटर, १४ वटा ब्रान्डका लाइट कमर्सियल सवारी तथा २६ वटा कम्पोनेन्ट ब्रान्डहरू सहभागी हुँदै छन् । त्यस्तै बीमा कम्पनी शिखर इन्सुरेन्स र ७ वटा बैंकका स्टल रहने छन् ।

    नाडा अटो शो अटोमोबाइल व्यवसायीहरुका लागि कुम्भमेला नै हो । नेपालीहरुको ठूलो चार्ड दसैँको सम्मुखमा हुने अटो शोले सवारी बिक्री बढाउन अहम भूमिका खेल्दै आएको छ ।

    अटो शोमा वार्षिक रुपमा बिक्री हुने सवारीको ३० देखि ३० प्रतिशत सवारी बिक्री हुने अनुमान व्यवसायीहरुको छ । उपभोक्ताले पनि एकै छानामुनी विभिन्न ब्रान्डका सवारीसाधन हेर्न र छनोट गरेर खरिदको मनसाय बनाउने सुवर्ण अवसर नाडा अटो शोले उपलब्ध गराउँदै आएको छ ।

    नाडाका अनुसार प्रदर्शनीमा ७५ हजार भन्दा बढीले अवलोकन गर्ने अनुमान गरिएको छ । प्रदर्शन अवलोकन लागि खल्ती एपबाट २० प्रतिशत छुटमा टिकटको व्यवस्था गरिएको छ ।

    यसवर्ष नाडाले यो प्रदर्शनीलाई विद्युतीयमा सवारी साधानमा जोड दिएको छ । जसलाई ‘टाटा ईभी प्रस्तुत नाडा अटो शो २०२४ ’को नाम दिएको हो । 

    पछिल्लो समय आम उपभोक्तामा विद्युतीय सवारी साधन माग बढ्दो छ । चालू आर्थिक वर्षको  साउन महिनामा मात्रै ३८१ वटा विद्युतीय सवारी साधन आयात भएको छ । भन्सार विभागका अनुसार साउनमा ८९ करोड ७० लाख २१ हजार रुपैयाँ बराबरको विद्युतीय सवारी साधन आयात भएको हो । 

    त्यस्तै, सरकारले पनि विद्युत्तीय सवारी साधनलाई प्राथमिकता दिदैं वातावरण प्रदूषण कम गर्न सरकारको नीति छ । अहिले पनि काठमाडौं उपत्यकासहित विभिन्न ठूला तथा साना रुटमा विद्युतीय सवारी साधनको बाहुल्यता उलेख्य बढेको देखिन्छ । त्यसैलाईमध्यनजर गर्दै यसवर्ष इभिमैत्री अटो शो गर्न लागेको नाडा एसोशिएसनका अध्यक्ष करण चौधरीले बताए । 

    नाडा अटो शो २०२४ मा करिब एक दर्जन नयाँ विद्युतीय सवारी ब्रान्डले सहभागिता जनाउँदै छन् । नयाँ ब्रान्ड र यसअघि नै सवारी बिक्री गर्दै आएका ब्रान्डसमेतको गर्दा करिब २ दर्जन नयाँ विद्युतीय सवारी मोडल नाडा अटो शोमा प्रदर्शनीका लागि राखिने एसोसोसिएसनले जनाएको छ ।

    अटो शोमार्फत सीजी मोटर्सले रेडारा, एक्सपेङ र अवतार ब्रान्ड प्रदर्शनीमा राख्दैछ । यी तीनवटै ब्रान्ड नेपाली बजारमा पहिलो पटक प्रवेश गर्न लागेका हुन्। यी सबै नयाँ ब्राण्ड  भोलि प्रदर्शनीमा देख्न सकिने छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend