२०८३, आश्विन २० गते

images
  • कर्पोरेट
  • जेनजी आन्दोलनका प्रत्येक शहीद परिवारका एक...

जेनजी आन्दोलनका प्रत्येक शहीद परिवारका एक सदस्यलाई रोजगारी दिने चौधरी समूहको घोषणा

जेनजी आन्दोलनका प्रत्येक शहीद परिवारका एक सदस्यलाई रोजगारी दिने चौधरी समूहको घोषणा

बुधवार, आश्विन २२ २०८२०२:५७
बुधवार, आश्विन २२ २०८२०२:५७
  • images

    काठमाडौँ । चौधरी समूह (सीजी) का प्रबन्ध निर्देशक निर्वाण चौधरीले जेनजी आन्दोलनका प्रत्येक शहीद परिवारका एक सदस्यलाई रोजगारी प्रदान गर्ने घोषणा गरेका छन्।

    चौधरीले बुधबार सामाजिक सञ्जाल मार्फत उक्त घोषणा गरेका हुन् । उनले भनेका छन्, ‘जेनजी आन्दोलनका प्रत्येक शहीद परिवारका एक सदस्यलाई हामी रोजगारी प्रदान गर्नेछौँ। यो केवल हाम्रो वाचा मात्र होइन, हाम्रो गहिरो कर्तव्य र श्रद्धा हो।’

    चौधरी समूहले आन्दोलनका क्रममा आफ्ना निजी निवास, कार्यालय, शोरूम र कारखानामा भएको ठूलो क्षति र विध्वंसप्रति दुःख व्यक्त गर्दै पुनःनिर्माणको यात्रामा दृढ आत्मविश्वासका साथ अघि बढ्ने पनि जनाएको छ।

    निर्वाणले भनेका छन्,‘हामी सँगै उभिनेछौँ, पुनःनिर्माण गर्नेछौँ। आशा, सहानुभूति र सम्मानसहित यो देशको सुन्दर र उज्ज्वल भविष्य निर्माण गर्नेछौँ।’

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend