२०८३, आश्विन १९ गते

images

स्वास्थ्य क्षेत्रमा राज्यको लगानी बढ्दो

स्वास्थ्य क्षेत्रमा राज्यको लगानी बढ्दो

सीएनएन खबर
आइतवार, आषाढ ९ २०८११०:३०
सीएनएन खबर
आइतवार, आषाढ ९ २०८११०:३०
  • images

    काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव हरिप्रसाद मैनालीले स्वास्थ्यको क्षेत्रमा बजेट बढाउँदै लगेको बताएका छन् । 

    विश्व योग दिवसका अवसरमा जीवन विज्ञान नामको संस्थाले आजयहाँ आयोजना गरेको साताव्यापी ऊर्जा ध्यान शिविरमा उहाँले जनताको प्रत्यक्ष सरोकार राख्ने स्वास्थ्य क्षेत्रमा सरकारले क्रमशः लगानी बढाउँदै गएको बताए । 

    सचिव मैनालीले स्वास्थ्य क्षेत्रमा भएको लगानीलाई कम गर्न रोग लाग्नुभन्दा रोग लाग्नै नदिने उपाय अवलम्बन गर्नुपर्नेमा जोड दिए । उनले भने, ‘देशमा जटिल र नसर्ने रोगका बिरामीको सङ्ख्या बढ्दै गएको छ । सर्नेभन्दा नसर्ने रोग  चुनौती बनेका  छन् । जथाभावी खानपानले रोग बढेको छ ।’

    सातदिने शिविरमा सहभागी दुई सय प्रशिक्षार्थीलाई जीवन विज्ञानका प्रशिक्षकद्धय विन्दा आचार्य र प्रदीप प्रणव प्रशिक्षण दिनेछन् । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend