२०८३, आश्विन २० गते

images

दुई शाखा अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर

दुई शाखा अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर

बिहिवार, आश्विन २३ २०८२०५:२९
बिहिवार, आश्विन २३ २०८२०५:२९
  • images

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई शाखा अधिकृतविरुद्ध भ्रष्टाचार मुद्धा दायर गरेको छ । आयोगले बिहीबार दाङको घोराही उपमहानगरपालिका स्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका शाखा अधिकृतद्धय छायाँ डि.सी. र श्रीराम चौधरीविरुद्ध विशेष अदालत काठमाडौँमा भ्रष्टाचार मुद्धा दायर गरेको हो ।

    उनीहरूमाथि गैर कानुनी लाभ लिने तथा संस्थालाई हानी पुर्याएको आरोप लगाइएको छ। आरोपितहरूलाई बाह्र करोड सात लाख साठ्ठी हजार नौ सय छयालिस रुपैयाँको बिगो कायम गरिएको छ।

    भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा १ बमोजिम उनीहरूलाई कैद र बिगो बमोजिम जरिवाना तोकिएको छ। आयोगले बिगो रकमको जरिवाना रकम नौ करोड चौतीस लाख छब्बीस हजार छ सय उन्नाइस रुपैयाँ असुल गर्न माग गरेको छ।

    त्यसै गरी, आजै प्रतिष्ठानका तत्कालीन उपकुलपति प्रा.डा. संगिता सिंह भण्डारी, तत्कालीन काउन्टर रजिष्ट्रार झन्कार लामिछाने र अन्य कर्मचारीहरूविरुद्ध पनि एमआरआई मेसिनको कम गुणस्तर खरिद गरी आर्थिक अनियमितता गरेको आरोपमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ।

    आयोगले केही समयअघि उनीहरूलाई नियन्त्रणमा लिई अनुसन्धान गरेको थियो र अनुसन्धानपछि उनीहरूले गैर कानुनी लाभ लिएको र संस्थालाई हानी पुर्याएको पुष्टि भएको थियो।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend