२०८३, आश्विन २० गते

images

प्रधानसेनापतिमा अशोकराज सिग्देल नियुक्त

प्रधानसेनापतिमा अशोकराज सिग्देल नियुक्त

सीएनएन खबर
बुधवार, भाद्र १२ २०८१०१:१०
सीएनएन खबर
बुधवार, भाद्र १२ २०८१०१:१०
  • images

    काठमाडौँ । नेपाली सेनाको प्रधानसेनापतिमा अशोकराज सिग्देल नियुक्त भएका छन् । मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति रामचनद्र पौडेलले नेपालको संविधानको धारा २६७ को उपधारा (५) बमोजिम भदौ २४ गतेबाट लागू हुने गरी नेपाली सेनाको प्रधान सेनापति पदमा नियुक्ति गरेका हुन् ।

    सिग्देल हाल नेपाली सेनाको कायममुकायम प्रधान सेनापतिको कार्यभार सम्हाल्दै आएका छन् ।

    राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्रपति श्री रामचन्द्र पौडेलले नेपालको संविधानको धारा २६७ को उपधारा (५) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा हाल नेपाली सेनाको कायममुकायम प्रधान सेनापतिको कार्यभार सम्हाल्दै आउनुभएका व्य. नं. १६१४ बलाधिकृत रथी श्री अशोकराज सिग्देललाई नेपाली सेनाको प्रधान सेनापति पदमा मिति २०८१÷५÷२४ गतेबाट लागू हुनेगरी नियुक्ति गर्नुभएको छ ।’

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend