२०८३, आश्विन १९ गते

images
  • खेलकुद
  • जनकपुर बोल्ट्सको मुख्य प्रशिक्षकमा शिवनारायण चन्द्रपाल...

जनकपुर बोल्ट्सको मुख्य प्रशिक्षकमा शिवनारायण चन्द्रपाल नियुक्त

जनकपुर बोल्ट्सको मुख्य प्रशिक्षकमा शिवनारायण चन्द्रपाल नियुक्त

२० हजार रन बनाउने अनुभवी ब्याट्सम्यान चन्द्रपाल अब प्रशिक्षक भूमिकामा

सोमवार, आश्विन २७ २०८२०९:०५
सोमवार, आश्विन २७ २०८२०९:०५
  • images

    काठमाडौं। नेपाल टी–२० फ्रेन्चाइज क्रिकेट लिग एनपीएल (नेपाल क्रिकेट लिग) का डिफेन्डिङ च्याम्पियन जनकपुर बोल्ट्स ले वेस्ट इन्डिजका पूर्व कप्तान तथा महान ब्याट्सम्यान शिवनारायण चन्द्रपाललाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ।

    शिवनारायण चन्द्रपालले वेस्ट इन्डिजबाट १६४ टेस्ट र २६८ एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेलेका छन्। आफ्नो २१ वर्षे अन्तर्राष्ट्रिय करिअरमा उनले २० हजारभन्दा बढी अन्तर्राष्ट्रिय रन बनाएका थिए। उनी विश्व क्रिकेटमा सबैभन्दा भरोसायोग्य र लचिलो ब्याट्सम्यानमध्ये एक मानिन्छन्।

    उनीसँग क्यारेबियन प्रिमियर लिग, भाइटालिटी ब्लास्ट (इंग्ल्याण्ड), बंगलादेश प्रिमियर लिग, च्याम्पियन्स लिग टी–२० र इन्डियन प्रिमियर लिगमा पनि खेलिसकेको अनुभव छ। साथै, उनले काउन्टी क्रिकेटमा पनि लामो समय बिताएका छन्।

    २०२२ मा चन्द्रपाल सीपीएल फ्रेन्चाइज जमैका तलवाहज का प्रशिक्षक बनेका थिए। सोही वर्ष उनी अमेरिकी महिला राष्ट्रिय क्रिकेट टोलीका पनि मुख्य प्रशिक्षक बनेका थिए। उनीसँग अन्तर्राष्ट्रिय स्तरमा प्रशिक्षणको पर्याप्त अनुभव छ, जुन जनकपुर बोल्ट्सका लागि ठूलो फाइदा हुने अपेक्षा गरिएको छ।

    जनकपुर बोल्ट्सले मंसिर १ गतेदेखि सुरु हुने दोस्रो संस्करणको एनपीएलमा कीर्तिपुर क्रिकेट मैदानबाट आफ्नो उपाधि रक्षा गर्ने यात्रा सुरु गर्नेछ। चन्द्रपालको नेतृत्वमा टोली पुनः च्याम्पियन बन्ने लक्ष्यमा उत्रिनेछ।

    ''जनकपुर बोल्ट्सले मुख्य प्रशिक्षक शिवनारायण चन्द्रपालसँग दीर्घकालीन सम्झौता गरेको छ। हामी विश्व क्रिकेटका तीव्र गतिमा बढ्दै गइरहेका लिगहरूमध्ये एकमा आफ्नो विरासतलाई अझ अगाडि लैजान प्रतिबद्ध छौँ''। उनका अनुसार चन्द्रपालको अनुभवले टोलीमा स्थायित्व, अनुशासन र रणनीतिक स्पष्टता ल्याउनेछ। साथै, नेपाली सहायक प्रशिक्षक र युवा खेलाडीहरूलाई पनि प्रेरणा र सिकाइको अवसर मिल्नेछ।

    गत वर्ष जनकपुर बोल्ट्सलाई एनपीएलको पहिलो संस्करणको च्याम्पियन बनाएका प्रशिक्षक पुबुदु दासानायकेलाई टोलीले औपचारिक रूपमा धन्यवाद दिएको छ। हाल उनी अमेरिकी राष्ट्रिय टोलीका प्रशिक्षकको जिम्मेवारीमा छन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend