२०८३, आश्विन २० गते

images
  • अटो
  • नेपाली बजारमा विद्युतीय गाडीको बर्चस्व, तर...

नेपाली बजारमा विद्युतीय गाडीको बर्चस्व, तर जिम्मेवार छैनन व्यवसायी !

नेपाली बजारमा विद्युतीय गाडीको बर्चस्व, तर जिम्मेवार छैनन व्यवसायी !

बुधवार, भाद्र १२ २०८१०४:०७
बुधवार, भाद्र १२ २०८१०४:०७
  • images

    काठमाडौँ । मंगलबारदेखि काठमाडौँको भृकुटीमण्डपमा नाडा अटो शो २०२४ सुरु भएको छ । गत वर्षहरुमा विद्युतीयसँगै आइस भेकल (पेट्रोल तथा डिजेलबाट सञ्चालित गाडीहरु) को बर्चस्व बराबरी हुने गरेकोमा यस पटकको शोमा ८० प्रतिशतभन्दा बढी हिस्सा विद्युतीय गाडीले ओगटेको छ । 

    नाडाका पदाधिकारी तथा गाडी व्यवसायीहरुले नै अटो शोमा विद्युतीय गाडीको बर्चत्सो रहेको भनिरहँदा विद्युतीय गाडी व्यवसायीहरुको बदमासी छताछुल्ल भएका छन् । एकै व्यवसायीले विभिन्न ब्राण्डका गाडीहरु बिक्री गर्दा उनीहरु पैसा कमाउनका लागि नै व्यापार गरिरहेको अटो क्षेत्रका जानकारहरु बताउँछन् । 

    उनीहरुका अनुसार गाडी व्यवसायीहरु उपभोक्ताको सेवाका लागिभन्दा पनि पैसा कमाउनका लागि मात्रै लगानी गर्ने गरेका छन् । विद्युतीय गाडीको वाट छलि गरेर नेपाल भित्र्याएर उनीहरुले उपभोक्ताबाट चर्काे शुल्क लिने गरेका छन् । एउटै गाडीमा २० देखि २२ लाख रुपैयाँसम्म नाफा कमाउँदा नियामक निकायले त्यति ध्यान दिएको पाइदैन । 

    एमएडब्ल्यू इन्टरप्राइजेजले हाल १५ भन्दा बढी उत्पादक कम्पनीका २४ भन्दा बढी ब्रान्डका सवारी साधान, हेभी इक्विमेन्ट र लुब्रिकेन्टको बिक्रीवितरण गरिरहेको छ । 

    कम्पनीका अनुसार हाल दुई पाङ्ग्रे (मोटरसाइकल, स्कुटर), चारपाङ्ग्रे (कार, जीप, भ्यान), हेभिइक्विमेन्ट (स्काभेटर, ब्याहोलोडर), एयर क्राफ्ट (ट्वीनअटर विमान), इन्जिनियरिङ प्रडक्ट (विद्युतीय लिफ्ट)लगायतको व्यापार गर्दै आएको छ । यी मध्ये अटोमोबाइल र इन्जिनियरिङ प्रडक्टको व्यापारमा कम्पनी ज्यादा केन्द्रित छ ।

    इन्धनका गाडी बिक्रेताहरु जस्तो एकै कम्पनीका गाडी मात्रै बिक्री गर्ने पुरानो अभ्यासभन्दा उल्टो बाटोमा ईभी गाडी व्यवसायी अगाडि बढेको देखिन्छ । 

    एउटै व्यापारिक घराना र एकै व्यक्तिले १०÷१५ थरिका कम्पनीको आधिकारिक बिक्रेता बनेर भटाभट चिनियाँ ईभी ल्याउनुले पनि पछिल्लो समय अटो व्यापारीहरु आफ्ना उपभोक्ताप्रति  बिक्री पश्चातको सेवामा जिम्मेवार होलान या नहोलान्,त्यो त भोलिका दिनमा स्पष्ट हुनेनै छ  ।

    नाफामा मात्र व्यवसायीकाे ध्यान

    नाङ्लो पसलेसँग जसरी व्यापार र नाफा बाहेक दोस्रो कुनै कुरा हुँदैन । ठिक त्यसैगरि नै पछिल्लो समय ईभी व्यापारीहरुमा पनि नाफा बाहेक केहि अरु नभएको गुनासो छ । भन्सार विभागसँग वाट जाँच्ने मेसिन नभएको,  यातायात व्यवस्था विभागसँग प्रदुषण जाच्ने मेसिन नभएको जस्ता कमजोरीको फाइदा उठाएर भन्सारमा ‘गलत घोषणा’ गरेर ईभी व्यापारीले ठूलो बदमासी गरेको एक गाडी व्यवसायी बताउँछन् । 

    उनकाअनुसार  चिनियाँ गाडीहरु नेपाल ल्याउँदा  वाटमा गलत घोषणा गरेर राजस्व् छली भएको छ भने अर्कोतर्फ ईभीमा अहिले राखिएका ब्याट्रीको व्यवस्थापनमा सरकार र अटो व्यवसायी बीच कहीं कतै कुनै समझदारी भएको समेत छैन । राजस्व छली राज्यले अनुसन्धान गरेर असुल्न सक्छ तर भोलिका दिनमा अहिले झन्डै २१ हजार गाडीमा भएका ब्याट्रीको व्यवस्थापन कसरी हुन्छ भन्ने जवाफ कसैसँग छैन । 

    त्यस्तै  मर्मत केन्द्रको स्थापना, ब्याट्री रिचार्ज गर्ने स्टेशन निर्माण, विद्युतीय गाडीको मर्मत सम्भार गर्नलाई चाहिने श्रमशक्ति, रिकन्डिसन हाउस जस्ता बिक्री पश्चात चाहिने अनिवार्य सेवा दिनलाई सिप्रदी बाहेक अरु कम्पनी उपभोक्ताप्रति जिम्मेवार देखिएका छैनन् । जुनकुरा वीवाईडी ले नेपालमा ईभी बिक्री गर्न थालेको ६ वर्षपछि मात्र पहिलो मर्मत केन्द्र खोलेको बिषयले नै पुष्टि गर्छ । 

    त्यस्तै ईभीको मेरुदण्ड भनेको ब्याट्री नै हो तर कुनै पनि कम्पनीले दाबी गरे अनुसारको ब्याट्रीको आयु र गुणस्तर छ या छैन भन्ने कुराको यकिन अहिले भइसकेको छैन। यसका लागि अझ केहि समय पर्खनुको विकल्प पनि  छैन ।

    गाडीको कुम्भ मेला मानिने नाडा अटो शोमा मात्रै नभभएर पछिल्लो पाँच वर्ष यता नेपालमा आयात हुने कुल सवारीमा ईभीको हिस्सा बढ्दै गएको तथ्यांकले देखाउँछ । त्यसमा पनि नेपाल भित्रिने ईभीमा चिनियाँ गाडीको एकलौटी बाहुल्यता नै छभन्दा फरक नपर्ला। भारतमा उत्पादन तथा एसेम्बल हुने टाटाको नेक्सनको हिस्सा बढी भएको भनिए पनि टाटाको आधिकारिक नेपाल प्रतिनिधि सिप्रदी ट्रेडिङ प्रालिले विद्युतीय भनेका कुनै पनि गाडी कोरियन ब्राण्डका किया जस्ता पूर्ण विद्युतीय होइनन् । 

    अझ यसलाई विद्युतीय नै मान्दिने हो भने पनि पछिल्लो पाँच वर्षमा भारत, चीन, कोरिया लगायतका देशबाट विभिन्न ब्राण्डका २० हजार ७०० वटा ईभी नेपाल भित्रिएका छन् । यसरी कुनै बेला नेपालमा उत्पादन हुने चाऊचाऊ र अहिलेका सिमेन्ट डण्डी कम्पनी जस्तै पाँच वर्षमा झन्डै २१ हजार विद्युतीय चार पाङ्ग्रे गाडी आयात हुनुको प्रमुख कारण  सरकारले दिएको भन्सार छूट र सुविधा नै हो। र दोस्रोमा नेपाल राष्ट्र बैंकले इन्धनको गाडीमा र विद्युतीय गाडीमा दिने कर्जा सुविधामा विभेद पनि हो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend