२०८३, आश्विन २० गते

images
  • समाचार
  • तनहुँ पृथ्वी राजमार्गमा ६ गाडी ठोक्किए,...

तनहुँ पृथ्वी राजमार्गमा ६ गाडी ठोक्किए, ४ जना घाइते

तनहुँ पृथ्वी राजमार्गमा ६ गाडी ठोक्किए, ४ जना घाइते

बुधवार, भाद्र १२ २०८१०७:२०
बुधवार, भाद्र १२ २०८१०७:२०
  • images

    १२ भदौ । तनहुँ पृथ्वी राजमार्गमा ६ वटा गाडी एकापसमा ठोक्किएका छन् । तनहुँको बन्दीपुर गाउँपालिका–१ रिमाल्नीमा ६ वटा गाडीहरु आपसमा ठोक्किएका हुन् । त्यस क्रममा ४ जना घाइते भएका प्रहरीले जानकारी दिएको छ।

    पोखराबाट आँबुखैरेनीतर्फ आउँदै गरेको ना ५ ख २०३४ नम्बरको बसले ग २ ख १३९० नम्बरको ट्रकलाई ठक्कर दिएपछि त्यसले ग ३ च ८३९० नम्बरको जिपलाई ठक्कर दिएको थियो। त्यसपछि जिपले ग १ ख ९५६१ नम्बरको बस, ना १ च ८४३४ नम्बरको जिप र ना २ ख ३७८९ नम्बरको माइक्रो बसलाई ठक्कर दिएको प्रहरीले जनाएको छ । प्रहरीले सुरुमा ठक्कर दिने बस र चालकलाई नियन्त्रणमा लिएको छ । ठक्कर लागेका सबै सवारी साधनमा क्षति पुगेको छ । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend