२०८३, आश्विन २० गते

images

देशमा शान्ति-सुरक्षा संकटमाः सभापति देउवा(पूर्णपाठ)

देशमा शान्ति-सुरक्षा संकटमाः सभापति देउवा(पूर्णपाठ)

मंगलवार, आश्विन २८ २०८२०५:०५
मंगलवार, आश्विन २८ २०८२०५:०५
  • images

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले फागुन २१ गतेका लागि निर्वाचनको मिति घोषणा गरे पनि आवश्यक वातावरण बन्न नसकेको बताएका छन्।

    मंगलबार सानेपामा बसेको केन्द्रीय समितिको बैठकमा बोल्दै देउवाले देशमा शान्ति–सुरक्षाको अवस्था कमजोर भएको र संकट उत्पन्न भएको बताए। उनले यस्तो परिस्थितिमा नेपाली कांग्रेसको एकता अहिलेको मुख्य आवश्यकता भएको उल्लेख गरे।

    देउवाले भने, “सरकारले निर्वाचनको मिति त घोषणा गरेको छ तर स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरण बन्न सकेको छैन। सुरक्षा निकाय मौन र निरीह भएका छन्।”

    उनले निर्वाचनका लागि शान्ति–सुरक्षाको व्यवस्था सुदृढ गर्न र सबै राजनीतिक दललाई सहभागिताका लागि हौसला प्रदान गर्न सरकारको ध्यान जानुपर्ने बताए। उनका अनुसार, “शान्तिपूर्ण र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न सके देशले ठूलो संवैधानिक फड्को मार्नेछ।”

    देउवा ३४ दिनपछि पहिलोपटक पार्टी केन्द्रीय कार्यालय सानेपामा देखिएका हुन्। उनले सम्बोधनका क्रममा पार्टीको विशेष वा नियमित महाधिवेशनबारे भने केही उल्लेख गरेनन्। तर, पार्टी विधानअनुसार र आफ्नो इच्छाअनुसार नेतृत्व हस्तान्तरण गर्ने संकेत दिएका छन्।

    पार्टीभित्र अहिले नेतृत्व परिवर्तनका विषयमा बहस चलिरहेको छ भने देउवा पक्ष नियमित महाधिवेशनको पक्षमा रहेको छ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend