२०८३, आश्विन २० गते

images

एकै महिनामा भित्रियो १ खर्ब ७४ अर्ब रेमिट्यान्स

एकै महिनामा भित्रियो १ खर्ब ७४ अर्ब रेमिट्यान्स

मंगलवार, आश्विन २८ २०८२०५:४५
मंगलवार, आश्विन २८ २०८२०५:४५
  • images

    काठमाडौं । चालु आर्थिक वर्षको भदौ महिनासम्म विप्रेषण अर्थात् रेमिट्यान्स ३३.१ प्रतिशतले बढेको छ । चालु आर्थिक वर्षको भदौ महिनासम्म रेमिट्यान्स ३३.१ प्रतिशतले बढेको नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको भदौ महिनासम्मको  तथ्याङ्कमा उल्लेख छ।

    चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिना (साउन र भदौ)मा विप्रेषण आप्रवाह ३३.१ प्रतिशतले वृद्धि भई ३ खर्ब ५२ अर्ब ८ करोड पुगेको छ ।

    अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १५.८ प्रतिशतले बढेको थियो । भदौ महिनामा मात्रै १ खर्ब ७४ अर्ब ६७ करोड रेमिट्यान्स भित्रिएको छ ।

    अघिल्लो वर्षको सोही महिनामा १ खर्ब २७ अर्ब ९९ करोड रेमिट्यान्स भित्रिएको थियो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend