२०८३, आश्विन १९ गते

images
  • फोटो फिचर
  • तिहारका लागि भक्तपुरमा माटोका भाँडा बनाउन...

तिहारका लागि भक्तपुरमा माटोका भाँडा बनाउन भ्याइनभ्याइ (तस्बिरहरू)

तिहारका लागि भक्तपुरमा माटोका भाँडा बनाउन भ्याइनभ्याइ (तस्बिरहरू)

बुधवार, आश्विन २९ २०८२१०:४५
बुधवार, आश्विन २९ २०८२१०:४५
  • images

    काठमाडौँ । तिहार नजिकिँएसँगै बजारमा चहलपहल बढेको छ। तिहारका लागि आवश्यक वस्तुको निर्माणदेखि किनबेचसम्म भएका छन्। तिहारमा माटोका भाडाको विशेष महत्त्व छ।

    दीप, रङ, फूल र खुसीयालीले भरिएको यो पर्वले केवल सौन्दर्य र रमाइलोपन मात्र होइन, सांस्कृतिक, धार्मिक र प्रतीकात्मक अर्थ पनि बोकेको हुन्छ। त्यसै सन्दर्भमा माटोका भाँडा जस्तैः दीयो, भड्का, धूपदानी, कलश आदि तिहारमा विशेष महत्व राख्छन्। 

    mathako bhada1.jpg

    तिहारलाई लक्षित गर्दै भक्तपुरको पोटरी स्क्वायरमा माटोका भाँडा बनाउँदै स्थानीय कुमाल समुदायका ज्येष्ठ नागरिक । अहिले तिहार नजिकिएसँगै माटोको दियो, चौमुखे दियो, घैला (कलशा) लगायतका सामग्री बनाउने, सुकाउने र रङ भर्ने काममा कुमाले समुदाय व्यस्त रहेका छन्। देशका विभिन्न ठाउँमा पनि माटोका भाडा निर्माण गरिएको छ।

    mathako bhada4.jpg
    mathako bhada3.jpg
    mathako bhada2.jpg

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend